यदी तेस्रो विश्वयुद्ध भएमा कुन कुन राष्ट्रहरु सुरक्षित रहनेछन् ?
- शुक्रबार, १७ फागुन, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

सिरिया सरकारले रसायन ग्याँसको प्रयोग गरी आक्रमण गरेपछि विश्वभर खैलाबैला नै मच्चिएको थियो । सिरिया सरकारमाथि भएको आक्रमणपछि कतै तेस्रो विश्वयुद्ध हुने त होइन भन्ने शंका धेरै नै उब्जेको थियो ।
अहिले मत्थर भएको उत्तर कोरिया र अमेरिकाको सम्बन्ध यथास्थितिमा रहन नसक्ने सुरक्षाविद्हरुको भनाइ छ । यदी तेस्रो विश्वयुछ भएमा कुन कुन राष्ट्रहरु सुरक्षित रहनेछन् ? आउनुहोस् हेरौ एक्सप्रेस अनलाइन मिडियाले बनाएको एक रिपोर्टः
१. स्विजरल्याण्ड
तटस्थ बस्दै आइरहेको यस राष्ट्रले इतिहासका कालखण्डमा पनि आफु सुरक्षित राष्ट्र भएको उदाहरण दिएको थियो । ठुला बंकरहरु र ठुलै संख्यामा रहेका आर्मीहरुका कारण पनि इतिहासमा भएका भयानक हिंसाबाट स्वीजरल्याण्ड सुरक्षित रहेको थियो ।
यदी युद्ध भएमा छिमेकी राष्ट्रहरु जर्मनी, फ्रान्स र इटाली सम्भाव्य खतरनाक हुनसक्छन् । तर, स्वीजरल्याण्ड हिमालहरुले घेरिएको राष्ट्र हो जसका कारण यस देशलाई सुरक्षित मानिन्छ । तेस्रो विश्वयुद्ध भइहालेमा मानिसहरुले हिमालमा सुरक्षीत रुपमा बस्न सक्नेछन् ।
२. तुभालु
प्रशान्त महासागरमा अवस्थित रहेको यो राष्ट्र तटस्थ र गरिब राष्ट्र हो । अरु राष्ट्रहरुको सम्बन्धदेखि धेरै पर रहेका कारण पनि यस देशमा सुरक्षीत हुन सकिने बताइएको छ ।
यो देशको जनसंख्या पनि निकै न्युन रहेको छ भने प्राकृतिक स्रोत पनि थोरै रहेको छ । यसका कारण पनि मुख्य शक्तिशाली राष्ट्रहरुको नजरमा यस देशलाई आक्रमण गर्नु कुनै औचित्य देख्ने छैनन् ।
३. न्युजील्याण्ड
विश्वकै विकसित राष्ट्रहरुको सुचीमा रहेको न्युजील्याण्ड स्थाइ प्रजातन्त्र रहेको छ । विश्वका कुनै पनि द्वन्द्वमा नपरेको यो राष्ट्रमा धेरै हिमाल र पहाडहरु रहेका छन् । यसले पनि सुरक्षा दिने विश्लेषकहरुको भनाइ रहेको छ ।
४. भुटान
विश्वकै सबैभन्दा युनिक क्षेत्रमा रहेको राष्ट्र मानिन्छ भुटान । हिमालहरुले घेरिएको यो राष्ट्र भुपेरिवेष्ठिक राष्ट्र हो । सन् १९७१ मा युनाइटेड नेशनमा सम्मलित भएको यो राष्ट्रको राजनैतिक रुपमा अमेरिकासँग कुनै पनि डिप्लोमेटिक सम्बन्ध रहेको छैन ।
५. चिली
ल्याटिन अमेरिकाको समृद्ध र स्थिर राष्ट्र हो चिली । मानव विकास सुचाङंमा यो देश ल्याटिन अमेरिकी राष्ट्रहरुमध्ये सबैभन्दा अगाडि आउँछ ।
यो राष्ट्रलाई एन्डेस हिमालले घेरेको छ ।
६. आइसल्याण्ड
तटस्थ राष्ट्रको रुपमा परिचीत आइसल्याण्ड ग्लोबल पिस इण्डेक्स २०१६ को सुचीमा पहिलो स्थानमा रहेको छ ।
यो देशको पनि जमिनको सिमा रहेको छैन । यो देशलाई पनि हिमालहरुले घेरेको छ ।
केही हिंसा भड्की हालेमा पनि यो देशमा सुरक्षीत रुपमा बस्न मिल्छ ।
७. डेनमार्क
यदी विश्वयुद्ध भएमा डेनमार्कले ठुलै क्षति व्यहोर्ने छ । यसको एकमात्र कारण हो नेटोमा डेनमार्कको संलग्नता । यसका कारण पनि युरोपियन युनियनका प्रमुख राष्ट्रहरुलाई ठुलै चुनौती हुनेछ ।
तर, यस देशको ग्रीनल्याण्ड अपवाद रहेको छ । यो निकै विकट क्षेत्रमा रहेको छ भने राजनैतिक रुपमा जोडिएको क्षेत्र पनि होइन ।
८. माल्टा
मेडिटेरिन समुन्द्रमा रहेको यो सानो द्वीपलाई इतिहासमा पनि कसैले महसुस गरेनन् । यस देशमा हिस्सा फैलिने र युद्ध हुने सम्भावना पनि निकै न्युन रहेको छ । यस द्वीपमा आक्रमण गरेर मिसाइल खेर फाल्न कसैले पनि रुचाउँने छैनन् ।
२. आयरल्याण्ड
समृद्ध र विकसित राष्ट्र आयरल्याण्डको ठुला राष्ट्रहरुसँग बलियो सम्बन्ध रहेको छैन । यो राष्ट्र नेटामा पनि सहभागि रहेको छैन । बाह्य कुनै विवादबारे भित्राउनु परेमा आइरिस कानुनका अनुसार यो अनुमति युएनबाट लिनुपर्नेछ ।
१. फिजी
तेस्रो विश्वयुद्ध भएमा सुरक्षित राष्ट्रहरुको सुचीमा रहेको राष्ट्र हो फिजी । सम्भावित आक्रमणकारीहरुले यो राष्ट्रलाई खासै महत्वका साथ लिने गर्दैनन् । वैदेशिक मामिलमा तटस्थ र सानो जनसंख्या भएको फिजीमा खासै महत्वपुर्ण खालमा स्रोतहरु पनि रहेका छैनन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सिट बाँडफाँट केही दिनभित्र टुंगिन्छः प्रचण्ड
- 2 hours ago

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट केही दिनभित्र टुंगिने बताएका छन्। गोरखा संग्रहालयभित्र आज पार्टीले गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सत्ता गठबन्धनले बन
पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो
- 2 hours ago
एजेन्सी। पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगा
कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर
- 2 hours ago

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि उनको उपचार भेन्टिल
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा धेरै कुरा भनेका छन् । उनको हरेक कुराले हामी सबैलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्छ। चाणक्यले आफ्नो नीतिशास्त्रमा भनेका छन् कि खराब समय आउनु भन्दा पहिले नै यसका संकेत देखिन्छन् । घरमा वा वरपर घटेका केही घटनाहरूमा ध्यान दियौं भने खराब समय आउने संकेत मिल्छ।
विचित्र विश्व
पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

एजेन्सी । ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै यस वर्ष बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने योजनामा रहेको बताएका छन्।