यमनको पीडा कसले बुझ्ने

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । द्वन्द्वग्रस्त मध्यपूर्वी राष्ट्र यमनमा मानवीय सङ्कट विश्वको विश्वको सबैभन्दा जटिल विन्दुमा पुगेका राष्ट्रसङ्घले बताएको छ । 

 

मङ्गलबार यमनका लागि संयुक्त राष्ट्र संघका आवासीय मानवीय समन्वयकर्ता लीज ग्रान्डे भन्नुभयो, यमनमा विशाल जनसङ्ख्या दाताहरूको सहयोगको पर्खाई गर्नुको विकल्प नै छैन । 

 

उनले भने, “मानवीय सहयोगका लागि यमनमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायले त्यस्तो वातावरण निर्माण गर्नुपर्दछ जहाँ उनीहरू मानवीय सिद्धान्तहरूमा समर्थन बटुल्न सक्छन् ।” 

 

सरकारी सेना र इरान निकट यमनी हुथी समूहको द्वन्द्वको कारण देशमा दाहोरो जोखिम छ । लाखौं यमनीले बाँच्नका लागि खाद्य सहायता लिनुको विकल्प छैन । “यमनमा झण्डै ८० प्रतिशत जनसङ्ख्याको लागि सहायता जीवन रक्षाको एक माध्यम भएको छ,” सहायताका लागि यमनमा तैनाद अधिकारीले भने ।  

 

“मलाई यमनको सङ्कट देख्दा निद्रा भङ्ग भएर आउँछ,” उहाँले यमनको कहालीलाग्दो स्थितिलाई वर्णन गर्दै भने । “के हामी करोडौं मानिसहरूबाट टाढा जान सक्छौं । सहायता बिना उनीहरू सहजै अनिकालमा पर्न सक्छन् ।” जोखिम यति धेरै छ तर यस हप्ताको बैठक र छलफलमा जोड दिइने सम्भावित विकल्पको साथ एकीकृत प्रतिक्रियालाई सम्बोधन गर्ने कुरा सहायता कार्यक्रमलाई अवरूद्ध हुन वा खारेज हुनबाट जोगाउने रहनेछ ।

 

“सहयोगको खाँचो भएकालाई सहयोग पु¥याउने कुरा बेलायतले संयुक्त राष्ट्रसङ्घलाई अरु दाताहरुसँग मिलेर योजनाको नेतृत्व लिन आग्रह गरिरहेको छ । हामी सबैलाई कसरी सहयोग दिने भन्ने कुरालाई प्राथमिकता दिन सक्छौँ,” संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) का प्रवक्ताले बताए। 

 

यमनी चिकित्सक अब्दुल्ला थावाबाले केवल क्यान्सर अस्पतालले बच्चाहरूलाई उनीहरूको आवश्यक उपचार दिन नसक्ने बताउँदै यमनमा स्वास्थ्य क्षेत्रमा पनि अनगिन्ती समस्या रहेको बताए। 

 

“हामीले केही समयको लागि बिभिन्न दिशामा जानुपर्दछ, जबसम्म हामी यमनको सङ्कटको अवस्थालाई फर्काउन सक्दैनौँ । यो हाम्रो जिम्मेवारी हो,“ लिसे ग्रान्डीले भने । उनले एक करोड चालिस लाख व्यक्तिभन्दा बढीलाई पुग्ने कार्यक्रमको सुरक्षाका लागि वरिष्ठ हुथी अधिकारीहरूसँग निरन्तर छलफल गर्न अग्रणी भूमिका खेलेका छन् । “हामी सहयोग गर्न उपायहरू खोज्न प्रतिबद्ध छौं,” उनले भने ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

  • 16 hours ago
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर

धानबाडा गाउँ

  • 16 hours ago
धानबाडा गाउँ

मुगु। मुगुको छायानाथ रारा नगरपालिका–४, धानबाडास्थित गाउँ।

स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

  • 16 hours ago
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन



पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।