Techie IT
२०८१ चैत्र ९, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘बिपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन’

‘बिपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन’


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउने बताएका छन् ।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा ‘प्रजातान्त्रिक विचार समाज’ले आज यहाँ आयोजना गरेको ‘आजका सन्दर्भमा बिपीका विचार’ विषयक विचार गोष्ठीमा उनले बिपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताए । “लोकतान्त्रिक प्रतिनिधिका रुपमा हामीले बिपीलाई चिन्नुपर्छ, बिपी दुरदर्शी र परिपक्क नेता हुनुहुन्थ्यो, बिपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन”, महामन्त्री शर्माले भने ।

नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको उनले गुनासो गरे । “बिपीलाई कम्युनिष्ट आन्दोलनले चिन्न नसक्दा झापा आन्दोलन र माओवादी आन्दोलन भयो, उक्त आन्दोलनका कारण देशले ठूलो क्षति व्यहोर्नुप¥यो”, महामन्त्री शर्माले भने ।

मुलुकभर तीन सय २९ स्थानीय तहको नेतृत्व गरेको कांग्रेसले चार प्रदेश सरकारको समेत नेतृत्व गरेकाले अब राम्रो काम गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने वातावरण बनाउन जुट्नुपर्ने उनको भनाइ थियो । “हामीले २०८४ सालको निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, सङ्गठनलाई बलियो बनाउने हो”, महामन्त्री शर्माले भने ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्र बलियो भएमात्र देश बलियो हुने भएकाले प्रजातन्त्र बलियो बनाउन कांग्रेस लाग्नुपर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

डगमरामा स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर

काठमाडौं । दाङको राजपुर गाउँपालिका–७ को डगमरामा अत्याधुनिक सामुदायिक स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर स्थापना गरिएको छ । राजपुर गाउँपालिका

२०८४ सम्म प्रधानमन्त्री बन्दिन: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरेका छन् ।

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

‘ग्लोबल मनी वीक २०२५’ चल्दै

काठमाडाैँ । ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी वीक– २०२५’ गएको सोमवारदेखि शुरू भएको छ

Techie IT