Techie IT
२०८२ साउन २३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता


काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको छ ।

कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका ओलीले अध्यक्ष ओली र कम्बोडियाको प्रधानमन्त्रीबीच शनिबार भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

ओलीसँगै विभिन्न देशका २२ वरिष्ठ राजनीतिज्ञ अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् । सो अवसरमा अध्यक्ष ओलीले विभिन्न राष्ट्रका विशिष्ट राजनीतिज्ञसँग पनि भेटवार्ता गरेका छन् ।

निर्वाचन पर्यवेक्षकका रूपमा त्यहाँ पुगेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानी र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि अध्यक्ष ओलीले शिष्टाचार भेटघाट गरेका छन् ।

अध्यक्ष ओलीले कम्बोडियामा शान्ति र लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गरे । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारी यही साउन २ गते कम्बोडिया प्रस्थान गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी

काठमाडौँ । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप

संघीय गणतान्त्रिक गठबन्धनले भ्रष्टाचारविरुद्ध देशव्यापी जनजागरण अभियान चलाउँदै

काठमाडौं । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी तथा काठमाडौँ उपत्यकाका नेताहरूको संयुक्त बैठक बुधबार

झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु, ४ जना पक्राउ

झापा । झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु भएपछी घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ

भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिनुपर्ने प्रधानमन्त्री ओलीको…

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिनुपर्ने बताएका छन् । तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT