गृहपृष्ठ ∕
राजनीति ∕
इमान्दारिताबाट मात्रै देशले सफलता प्राप्त गर्छः माधव नेपाल इमान्दारिताबाट मात्रै देशले सफलता प्राप्त गर्छः माधव नेपाल

फाइल फाेटाे
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इमान्दारिताबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
अध्यक्ष नेपालले सबै नेताहरु बन्नुपर्ने जति इमान्दार बन्न नसकेको बताए। उनले देश बनाउने भावना जागृत भए मात्रै देश विकास हुने उल्लेख गरे। उनले आफूलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको बताए। नेपालले कुनै पनि कार्य गर्न इमन्दारिता मुख्य कुरा रहेको भन्दै सबै व्यक्ति आफूप्रति इमान्दार हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौँ। हामी देश बनाउने भावनाले ओतप्रोत बनेका छैनौँ। हामी आफूलाई केन्द्रबिन्दुमा राख्ने गरेका छौँ। देश र जनतालाई केन्द्रबिन्दुमा राखेका छैनौँ। देशको हितलाई केन्द्रबिन्दुमा राख्यौँ भने देशलाई आँच आयो भने हाम्रो स्वाधिनता र सम्मानमा ठेस लाग्ने काम भयो भने नेपालीहरुलाई त्यो स्वीकार्य हुँदैन।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि
काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका
काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित
काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे