Techie IT
२०८३ असोज २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठ ∕ राजनीति ∕ सरकारको भ्रष्टाचारविरोधी अभियानका कारण तस्करहरू अत्तालिएका छन्ः प्रधानमन्त्री प्रचण्ड

सरकारको भ्रष्टाचारविरोधी अभियानका कारण तस्करहरू अत्तालिएका छन्ः प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानका कारण राज्यदोहन गर्ने र तस्करहरू अत्तालिएको बताएका छन्।

क्याबिनेट मन्त्रीहरूसँग बिहीबार आर्थिक वर्ष २०८०/८१ को लागि कार्यसम्पादन सम्झौताका क्रममा उनले सरकारको काम प्रभावकारी भैरहेको बताए। ‘सरकार भ्रष्टाचारविरोधी अभियानका कारण राज्यदोहन गर्ने र तस्करहरु अत्तालिएका छन्। सरकारले अझै भ्रष्टाचारविरोधी कदम चालोस् भन्ने पक्षमा जनता छन्,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

प्रधानमन्त्री प्रचण्डले दोषी नछुटुन र निर्दोष नपरुन् भन्ने पक्षमा सरकार रहेको पनि बताए। साथै, उनले यही सरकार, कर्मचारीतन्त्र र यीनै संरचनाबाट परिवर्तन सम्भव छ भन्ने संकल्प लिनुपर्ने मन्त्रीहरूलाई बताए।

नेपालको कर्मचारीतन्त्रले तदर्थवादी शैलीले काम गर्ने यो परिवर्तनको वेगलाई आत्मसात गर्छ भन्ने पुष्टि गर्नुपर्ने पनि उनले बताए। ‘सरकारले केही गर्न सक्दैन भन्ने जननिराशा र ‘यस्तै हो, यस्तैं चल्छ’ भन्ने मानसिकता र कार्यशैलीको बोझ बोकेर हामी हिँड्ने कि ‘परिवर्तन सम्भव छ, यही सरकार, यही कर्मचारीतन्त्र र यिनै संरचनाबाट परिवर्तन सम्भव छ भन्ने प्रमाणित गरेर देखाउने’, उनले प्रश्न गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

Techie IT