एमालेको विरोधपछि आज पनि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधपछि आज पनि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सुन तस्करी प्ररकणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले सदन अवरोध गरेको हो।
बैठकमा नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेकोप्रति आपत्ति जनाइन्। बैठकमा बोल्दै सांसद ज्वालाकुमारी शाहले शर्मालाई पक्राउ गरेको प्रति आपत्ति जनाएकी हुन्। उनले सुनकाण्डको आवाज उठाउने शर्मालाई पक्राउ गरिएकोमा आपत्ति जनाएकी हुन्।
एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए। एमालेकी सांसद ज्वालाकुमारी शाहले छानबिन समिति गठन नगरेसम्म सदन नचल्ने बताइन्।
सांसद शाह बोल्दै गर्दा सत्तापक्षका सांसदहरुले पनि विरोध जनाएका थिए। एमाले सांसद शाहलाई बोल्न समय दिएलगत्तै सत्तारुढ दलका सांसदहरुले उठेर विरोध गरे। त्यसपछि सभामुखले नियमको पालना गर्न आग्रह गरेका थिए।
एमाले सांसदहरूको निरन्तर नाराबाजीपछि सभामुखले साउन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय
काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)
काठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर
काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्
काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि