Techie IT
२०८१ असार १, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमन्त्रिपरिषद् निर्णयः भूउपयोग नियमावली पास

मन्त्रिपरिषद् निर्णयः भूउपयोग नियमावली पास


काठमाडौँ । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।”

जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ । “त्यो स्टोन संरक्षण गर्ने व्यक्तिलाई धन्यवाद दिँदै उसलाई पुरस्कृत गर्ने पनि निर्णय गर्नुका साथै नवनियुक्त सङ्घीय मामिला तथा सङ्घीय मामिलामन्त्रीलाई स्वागत गर्दै बिदा हुनुभएका मन्त्रीलाई धन्यवाद प्रस्ताव पनि पास गरेको छ”, उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेश र भुटानका विमान कम्पनीले पोखरा उडानको अनुमति मागे

काठमाडौँ । बंगलादेश र भुटानका वायुसेवा कम्पनीले पोखरामा सिधा उडानको प्रस्ताव गरेका छन् । अन्तर्राष्ट्रिय उडान हुन नसकेको नवनिर्मित पोखरा

ब्रो बेकरीको नयाँ आउटलेट बालुवाटारमा

काठमाडौँ । स्वादिलो बेकरी परिकारले ग्राहकलाई आकर्षित गरिरहेको ब्रो बेकरीले बालुवाटार चण्डोलमा नयाँ आउटलेट बिस्तार गरेको छ । कुकिज, केक,

तीनजनाको मृत्युपछि कावासोती तनावग्रस्त

काठमाडौँ । नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र

राष्ट्रिय ललितकला प्रदर्शनी: ३० हजार जनाभन्दा धेरैले अवलोकन गरे

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजार जनाभन्दा धेरै

सोमबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह

राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणबारे संसद्लाई जानकारी गराउन कांग्रेसको माग

काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसदहरूले प्रतिनिधि सभामा उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा

Techie IT