Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘सरकारले चालेको कदम कुनै पनि हालतमा विश्राम हुँदैन’

‘सरकारले चालेको कदम कुनै पनि हालतमा विश्राम हुँदैन’


काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्‍याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने बताएका छन् ।

राज्यको व्यावसायिक, पेसागत रूपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरूले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उहाँले उल्लेख गरे ।

प्रेस सेन्टर नेपालले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री श्रेष्ठले सुन काण्डको सिआइवीले अनुसन्धानको प्रक्रिया अघि बढाउँदा दोषीहरू पत्ता लाग्ने र उनीहरूलाई कानुनको दायरामा ल्याउन सकिने स्पष्ट पारे ।

उनले भने, “यससघि यस्तै काण्डमा संसद्बाट समिति बनाइयो, समितिको रिपोर्ट आयो, सिद्धियो, अर्को एकपटक केपी ओली प्रधानमन्त्री भएका बेला ३३ किलो सुन काण्डका लागि छानबिन समिति बनाइयो, समितिको रिपोर्ट आयो अन्य केही पनि आएन, न सुन आयो, न सिफारिस कार्यान्वयन भयो, त्यसैले हामीले अनुसन्धानका लागि विकसित गरेका हाम्रा दक्ष संरचनाले अनुसन्धान र अभियोजनको दुवै प्रक्रिया अघि बढाउँछ, त्यसैलाई नै जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अघि बढाउने प्रक्रियाले निरन्तरता पाइरहेका बेलामा प्रमुख प्रतिपक्षी दलबाट संसद् अवरोध हुनु दुःखद भएको उल्लेख गरे । उनले सरकारको अभियानमा सबै पक्षले साथ र सहयोग गर्नु आवश्यक रहेकामा जोड दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण सुरक्षा र व्यवस्थापनलाई समीक्षा गरेर नयाँ नीति तथा योजनाअनुसार अगाडि बढाइने उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धन सरकारलाई अझै व्यवस्थित गरेर निरन्तरता दिइने बताए ।

उनले भने, “सरकारले चालेको कदम कुनै पनि हालतमा विश्राम हुँदैन, गठबन्धनको सरकारलाई पनि अझ व्यवस्थित ढङ्गले अगाडि बढाउने, निरन्तरता दिने र सरकारले अहिले चालेको सुशासनको अभियान जुन समृद्धिका आधारका लागि गरिरहेका छौँ, त्यसलाई पनि निरन्तरता दिने गरी अघि बढेका छौँ ।”

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका उनले पार्टीले तय गरेको रूपान्तरण अभियानको तयारीका लागि हाल देशभर पार्टीका बैठक सञ्चालन भइरहेका जानकारी दिए । उनी पार्टीको गण्डकी प्रदेशको सातौँ पूर्ण बैठकका लागि बिहान पोखरा आएका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दैलेखको दुल्लुमा नबिल बैंकको २६८औँ शाखा सञ्चालन

काठमाडौँ । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेखमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो २६८औँ शाखाको रूपमा दैलेख

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । पार्टी फुटेसँगै पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टिङ लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शनिबार काठमाडौँमा क्याफ्टिङ लिडरसिप

नेपालीको औसत आयु ७१.३ वर्ष

काठमाडौं । नेपालमा वार्षिक रुपमा ०.९२ को दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीस्तरीय

शेयर बजारमा गिरावट

काठमाडौँ । आज आइतबार शेयर बजार उच्च अङ्कले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २४ दशमलव ५८ अङ्कले

Techie IT