Techie IT
२०८१ वैशाख १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसर्वदलीय बैठक बुधबार बिहान ११ बजे बस्ने

सर्वदलीय बैठक बुधबार बिहान ११ बजे बस्ने


काठमाडौँ। आज मंगलबार बस्ने भनेको सर्वदलीय बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ।

सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग बनाउने आधार तय गर्न भन्दै बनाइएको कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रूप दिने भन्दै आजलाई बोलाइएको सर्वदलीय बैठक बुधबार बिहान ११ बजे बस्न लागेको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

अन्य नेताहरू सर्वदलीय बैठकस्थलमा उपस्थित भएका थिए। तर, ओली आउन ढिला गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले ओलीलाई दुई पटक टेलिफोन गरेको र ओली विरामी भएर आउन नसक्ने भएपछि भोलिसम्मलाई स्थगित गरिएको नेम्वाङले जानकारी दिए।

मंगलबारको बैठकमा कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रूप दिने सोमबार रातिको सर्वदलीय बैठकमा सहमति जुटेको थियो। सोमबार सत्ता र प्रतिपक्षी दलहरूले सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग बनाउने सहमति गरेका थिए।

मंगलबार जाँचबुझ आयोग बनाएर सदन चलाउने भने पनि संसद् बैठक पनि सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित गरिएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको मुल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १०…

काठमाडौँ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब

वनमा आगो लगाएको आरोपमा गुल्मीमा दुई जना पक्राउ

गुल्मी । आगो लगाएको आरोपमा गुल्मीमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार

इलामको निर्वाचन परिणामले सचेत गराएको छः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ । इलामको मतपरिणाम सार्वजनिक भएपछि

उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने…

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको

तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिबद्धताबाट निजी क्षेत्र उत्साहित

काठमाडौँ । दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिबद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ ।

Techie IT