Techie IT
२०८० असोज ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजसपाले केन्द्रीय नेतालाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने

जसपाले केन्द्रीय नेतालाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना पार्टीका केन्द्रीय नेतालाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने भएको छ ।

तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरूलाई खटाउन लागिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार नेताहरूले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर सङ्गठन विस्तारका कार्यक्रम सञ्चालन गर्ने छन् ।

यसैगरी पार्टीको नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्तालाई प्रशिक्षित गरिने छ । यस अवधिमा सङ्गठनको अभिलेख सङ्कलन र सदस्यता वितरण कार्यसमेत हुने र सोहीबमोजिम पार्टीले आगामी शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहमा प्रशिक्षण कार्यक्रम गर्ने भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आर्सनल र टोटेनहमले अंक बाँडे

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल र टोटेनहमले बराबरी खेलेका छन् । भर्खरै सम्पन्न ‘नर्थ लण्डन डर्बी’मा दुबै

अन्तरबैंक महिला फुटसल प्रतियोगिता २०८० को उपाधी ग्लोबल आइएमई बैंकलाई

काठमाडौँ। नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ।

नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ उद्योगीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर भएको बताएका छन्।

न्यायाधीश न्यौपानेलाई सरुवा गर्ने प्रस्ताव आफ्नो नभएको कानुनमन्त्रीको प्रष्टोक्ति

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवा गर्ने प्रस्ताव आफ्नो नभएको प्रष्टोक्ति

जसरी भए पनि यो सरकार हटाउनुपर्छः केपी ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जसरी भए पनि हटाउनुपर्ने बताएका छन्।

पर्सा प्रहरीद्वारा दुई बोरा प्रतिबन्धित लागुऔषध बरामद

वीरगञ्ज। पर्सा प्रहरीले दुई बोरा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। खेतमा रहेको अवस्थामा प्रहरीले लागुऔषध बरामद गरेको हो। प्रहरीले वीरगञ्ज

Techie IT