Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगलकोटमा माओवादी केन्द्रको विस्तारित बैठक सम्पन्न

गलकोटमा माओवादी केन्द्रको विस्तारित बैठक सम्पन्न


बागलुङ। नेकपा माओवादी केन्द्र गलकोट नगर समितिको विस्तारित बैठक गलकोट नगरपालिका वडा नम्वर ६ मा सम्पन्न भएको छ। जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत पूर्ण बैठक आज सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गोबिन्द पौडेलले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल बनाउन नेता तथा कार्यकर्तालाई अपील गरेका छन्। उनले जनताको एउटा घरमा पनि नछाडि नागरिकका गुनासा, आलोचना सुन्ने सहिद तथा बेपत्ता परिवार भेट्न निर्देशन दिएका थिए। पौडेलले सरकारले गरेका राम्रा कामहरुको बारेमा जनतालाई अवगत गराउन अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको थियो। उनले अभियानका लागि टिप्पणी सुझाव र संगठनका लागि नेता कार्यकर्ता र जनतासँग भेट गर्दै विचार र नेतृत्वको आधारमा संगठित तागत निर्माण र समृद्ध समाज निर्माण गर्न सबै आआफ्नो ठाउँबाट लाग्नुपर्ने उल्लेख गरे।

बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय वैकल्पिक सदस्य तथा गलकोट नगर ईन्चार्ज फमलाल निउरेले नेकपा माओवादी केन्द्रले पठाएको पार्टीको परिपत्र वाचन गर्नुको साथै आफ्नो धारणा राखेका थिए।

उक्त बैठकमा संविधान सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार क्याप्टेन पूर्ण बहादुर राना, गण्डकी प्रदेश कमिटि सदस्य मेख बहादुर वि.क., गण्डकी प्रदेश सदस्य ललित श्रीसले मन्तव्य राखेका थिए।

सो अवसरमा गलकोट नगरपालिकाका ११ वटै वडाका वडा कमिटिका अध्यक्ष एवं पार्टीका प्रतिनिधिहरुले पार्टीको सांगठनिक अवस्था, जनप्रतिनिधिले गरेका काम, सुझाव, सल्लाह र ३ महिने अभियान लगायतका विषयमा रिपोर्टिङ गरेका थिए।

बिस्तारित बैठक नेकपा माओवादी केन्द्र गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मीको अध्यक्षता र सचिव भिम बि कको सञ्चालनमा सम्पन्न भएको थियो।

अभियानको क्रममा यही भाद्र १६ देखि मंसिर १५ सम्म घर घरमा माओबादी, जन जनमा माओबादी भन्ने नाराका साथ माओवादी केन्द्रले घरदैलो, जनभेटघाट, अन्तक्रिया, संगठन विस्तार, जनसेवा मुलक कार्यहरु वडा तहमा अभियानकै रुपमा संचालन गरिने जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति

काठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

शेयर बजार खासै घटबढ भएन

काठमाडौँ । शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

जीवनमा जबसम्म राम्रा कुराहरू लागू गरिँदैन तबसम्म सफलता मिल्दैन

एजेन्सी । राम्रो कुरा पढेर–सुनेर मात्रै लाभ मिल्दैन । यदि तपाईं जीवनमा सुख, शान्ति र सफलता चाहनुहुन्छ भने, जीवनमा राम्रो

सुहाङले अग्रता फराकिलो बनाउँदै लगे

काठमाडौँ । इलाम– २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार सुहाङले

Techie IT