Techie IT
२०८१ माघ २९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिश्रम आप्रवासन र कूटनीतिक नियोगको भूमिकाबारे छलफल हुने

श्रम आप्रवासन र कूटनीतिक नियोगको भूमिकाबारे छलफल हुने


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्दै छन् ।

प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार र मङ्गलबार हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौँ आइसकेका छन् । प्रधानमन्त्री दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाएका हुन् ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा हुने सो छलफल श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भुमिकाका विषयमा केन्द्रित हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदादेखि कार्यस्थलसम्म भोगेका समस्या, त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ । बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ ।

कानुनी प्रावधान, नीतिगत व्यवस्थालगायत विषयमा छलफल गरी रणनीति र योजना बनाएर कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । वैदेशिक रोजगारका क्रममा गन्तव्य मुलुकमा नेपाली श्रमिकले भोग्दै आएका समस्या फरकफरक छन् । वैदेशिक रोजगारीका क्रममा हुने ठगीका घटना बढ्दै गएका छन् । ठगी नियन्त्रण गर्न विशेष योजना बनाउनुपर्नेमा आवाज उठ्दै आएको छ ।

छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहभागितासमेत रहेको छ । बैठकले सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ । यसप्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुँदैछ ।

यही भदौ ७ गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्री, सरोकारवाला मन्त्रालय र विभागका प्रमुखसहितको बैठकले श्रम गन्तव्य मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखसँग श्रम आप्रवासनका विषयमा छलफल गर्ने निर्णय गरेको थियो ।

वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधानका गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासबाट आवश्यक तथ्याङ्क लिन मुख्यसचिवको नेतृत्वमा सरोकारवाला मन्त्रालयका सचिव सम्मिलित कार्यदल बनाइएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मुस्ताङको लुरी गुम्बा ओझेलमा

म्याग्दी । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…

एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेश

काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर

Techie IT