Techie IT
२०८२ कात्तिक २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमेसीका फ्यान नेम्वाङ

मेसीका फ्यान नेम्वाङ


गण्डकी । कतार विश्वकप सुरु हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भनेका थिए, “मलाई सारै मनपर्ने खेलाडी मेसी पिएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु । अर्जेन्टिना र पिसएजीको फुटबल हेर्छु । जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।”

नभन्दै भयो पनि त्यस्तै । गत वर्ष कतारमा आयोजित २२औँ विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो । नेम्वाङ अर्जेन्टिनी फुटबलर लियोनल मेसीको प्रशंसक थिए । सार्वजनिक मञ्चमा बेला–बेला फुटबलको प्रसङ्ग उप्काउँथे । अन्तर्राष्ट्रिय फुटबलमा मेसीपछि पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो उनलाई मन पर्ने खेलाडीमा पर्थे ।

नेकपा (एमाले)भित्रको विवाद उत्कर्षमा थियो । त्यही बेला १६औँ संस्करणको युरोकप फुटबल चलिरहेको थियो । यो विसं २०७८ असारतिरको कुरा हो । पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको संयोजक थिए नेम्वाङ ।

घन्टौँसम्म बसेको कार्यदलको बैठकबारे उहाँले त्यो बेला सञ्चारकर्मीसँग भनेका थिए, “बिहान ८ बजे नै सुखद् समाचार दिन्छौँ भनेका थियौँ, सो खालको परिस्थिति बनेन, सहमति गरेर हामी फुटबल हेर्न जान्छौँ, त्यसकै लागि ११ घन्टादेखि प्रयत्न जारी छ, छलफल सकारात्मक रुपमै अगाडि बढेको छ, सहमति बन्नेमा म विश्वस्त छु ।”

सोही दिन युरोकपको उपाधिका लागि इङ्ल्याण्ड र इटाली भिडेका थिए । इङ्ल्याण्डलाई पराजित इटालीले युरोकप जित्यो । सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताएका नेम्वाङले उक्त फाइनल खेल हेर्न पाए या पाएनन् त्यो त अब अनुमान मात्र गर्न सकिने विषय भयो । सोही दिन १० बुँदे सहमति त भयो यद्यपि एमालेको विभाजन भने रोकिएन ।

माधवकुमार नेपाललगायतका नेता एमालेबाट अलग्गिएर छुट्टै पार्टी खोले । पार्टीभित्रको विवादको रापतापमा पनि नेम्वाङले दिएको त्यो अभिव्यक्तिले फुटबलप्रतिको लगावलाई दर्साउँथ्यो । नेम्वाङ कुनैताका फुटबल खेल्थे । पार्टी र राजकीय कामको चटारोमा पनि उनी राष्ट्रियरअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता रुचिसाथ हेर्थे ।

विद्यालय उमेरबाटै उनी फुटबलमा आकर्षित थिए । सञ्चारकर्मीसँगको कुराकारीमा उनले इलाममा रहँदा क्याम्पस र जिल्लास्तरका खेलमा क्याप्टेन भएर खलेको अनुभव सुनाउने गर्दथे ।

काठमाडौँ आएपछि पनि राष्ट्रिय प्रतियोगिता नछुटाई हेर्ने गर्दथे । पहिलो दक्षिण एसियाली फुटबलमा नेपालले भारतलाई हराएको क्षण उनका लागि कहिल्यै बिर्सन नसक्ने क्षणका रुपमा रहेको थियो । संविधानसभा अध्यक्ष हुँदाको व्यस्तताका बीच पनि समय निकालेर उनले फुटबल हेर्ने गर्थे ।

विश्व फुटबलमा उनलाई सबैभन्दा मनपर्ने क्लब बार्सिलोना थियो । जुन क्लबमा अर्जेन्टिनी फुटबलर मेसीले १७ वर्ष बिताएका थिए । दुई वर्षअघि बार्सिलोना छोडेर मेस्सी पिएसजी गएपछि आफ्नो रोजाइ पनि पिएसजी हुन पुगेको नेम्वाङले बताउँथे । राति १२÷१ बजेतिर उठेर पनि फुटबल हेर्ने गरेको उनले सुनाउँथे ।

कुशल राजनीतिज्ञको छवि बनाएर एकाएक अस्ताएका दिवङ्गत नेम्वाङको फुटबलप्रतिको प्रेम र लगाव पनि जीवनको आखिरीसम्मै रह्यो । राज्यको उच्च ओहोदामा पुगेको व्यक्ति भइकन पनि खेलकुदप्रति उनले देखाएको चासोले नयाँ पिँढीलाई पनि प्रेरित गथ्र्यो ।

संविधानसभा अध्यक्ष, पूर्वसभामुख, एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातका कारण सोमबार राति काठमाडौँमा निधन भएको थियो । इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित उनी एमाले संसदीय दलको उपनेतासमेत थिए । नेपाली राजनीतिमा नेम्वाङ शालीन, भद्र र परिपक्क नेताको रुपमा सधैँ चिनिए ।

विसं २००९ मा आमा अपिन्द्रकुमारी र बुबा रामबहादुर नेम्वाङका सुपुत्रका जन्मिएका उनी संविधान र कानूनका ज्ञातासमेत थिए । राजनीतिमा सहमति र सहकार्यको संस्कृतिलाई स्थापिन गर्नमा अगुवाइ गर्ने नेम्वाङ विसं २०५६ देखियता लगातार इलाम–२ बाट निर्वाचित भएका थिए । दिवङ्गत नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

Techie IT