Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले बागमती अध्यक्षमा ढुंगेल र दाहालको उम्मेदवारी दर्ता

एमाले बागमती अध्यक्षमा ढुंगेल र दाहालको उम्मेदवारी दर्ता


काठमाडौँ। नेकपा एमालेको बागमती प्रदेश कमिटीको नेतृत्वको लागि अन्ततः चुनाव हुने भएको छ। अध्यक्ष केपी ओलीले रामेछापका कैलाश ढुंगेललाई सर्वसम्मत बनाउन खोजेपनि सहमति नजुटेपछि अन्ततः चुनाव हुन लागेको हो। मतदान भोलि दिउँसो हुनेछ।

अध्यक्ष पदमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गरेका छन्। ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन्। ढुंगेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन्।

त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन्। दाहालका प्रस्तावक लामा भीमफेदी गाउँपालिका अध्यक्ष हुन्।

यस अगाडी अध्यक्षमा धेरै नेताहरु आकांक्षी थिए। तर चुनाव हुने भएपछि भने नेताहरुले उम्मेदवारी कम गरेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिक

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने

विराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा

Techie IT