गृहपृष्ठ ∕
राजनीति ∕
पार्टीको प्रस्तावको जवाफ नआएसम्म माओवादीसँग वार्ताको औचित्य छैनः नेसपा पार्टीको प्रस्तावको जवाफ नआएसम्म माओवादीसँग वार्ताको औचित्य छैनः नेसपा
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रलाई पठाएको ९ बुँदे प्रस्तावको जवाफ नआउँदासम्म एकता वार्ताको औचित्य नरहेको बताएको छ।
असोज १५ गतेदेखि १७ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको प्रस्तावको जवाफ नआएसम्म माओवादीसँग एकताबारेको वार्ताको औचित्य नहुने बताएको हो। बैठकमा पार्टी एकताबारे अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरिएको बैठकपछि अध्यक्ष डा. बाबुराम भट्टराईजे जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
गत वर्ष मंसिरमा भएको चुनावमा माओवादीसँग सहकार्य गर्दै नेसपाले माओवादीकै चुनाव चिन्हमा आफ्ना उम्मेदवार उठाएको थियो। माओवादी र नेसपा एकता गर्ने भने पनि पछिल्लो समय माओवादीले नेसपाका एक अध्यक्ष महिन्द्र राय यादवलाई मात्रै पत्र पठाएका थिए। नेसपामा बाबुराम भट्टराई पनि अध्यक्ष छन्। त्यसले नेसपामा विवाद देखिएको थियो।
माओवादीले रूपान्तरणसहित समाजवादी ध्रुवीकरणभन्दा पनि दाउपेचको राजनीति मात्र गर्न खोजेको निष्कर्षमा नेसपा केन्द्रीय कार्यकारिणी समिति पुगेको छ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा
काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले
स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले