Techie IT
२०८० मंसीर १२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित


नेकपा (एमाले)गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।

शर्माले पाँच सय ३१ मत ल्याउँदा अधिकारीले तीन सय ६५ प्राप्त गरे । म्याग्दीका शर्मा यसअघिको प्रदेश कमिटीमा पनि अध्यक्षको भूमिकामा थिए ।

यस्तै पाँच सय ३४ मतसहित उपाध्यक्षमा मीनप्रसाद गुरुङ विजयी भए भने उपाध्यक्षका अर्का उम्मेदवार बाबुराम सुनारले तीन सय ७२ मत प्राप्त गरे । सचिवमा धनञ्जय दवाडीले पाँच सय २० ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी रश्मी आचार्यले तीन सय ६७ मत पाएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए।

उपसचिवमा चार सय ९९ मतसहित दामबहादुर विक विजयी हुँदा उनका प्रतिस्पर्धी सन्तोष रावलले तीन सय ९७ मत प्राप्त गरे । उपसचिव महिलातर्फ पाँच सय ३१ मत ल्याएर मञ्जु अधिकारी ‘प्यासी’ विजयी भइन् भने उनका प्रतिस्पर्धी मीना गुरुङले तीन सय ६५ मत प्राप्त गरिन् ।

बिहीबार भएको मतदानमा कुल नौ सय सात प्रतिनिधिमध्ये आठ सय ९६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत थापामगरले जानकारी दिए । अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’बाट एक सय ६५ उम्मेदवार निर्वाचित भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देउवाले गरे तीन भातृसंस्थामा अध्यक्ष नियुक्त

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन भातृसंस्थामा अध्यक्ष नियुक्त गरेका छन्। नियमित महाधिवेशनको म्याद सकिएर स्वतः विघटन भएका नेपाल

प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेट

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबारमा भेट भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष

माछापुच्छ्रे बैंकको फिनपोस कारोबारमा ध्वनिबाट सूचना पाइने

काठमाडौँ । माछापुच्छ्रे बैंकले पोस मेसिनमा ‘इन्स्टान्ट पेमेन्ट नोटिफिकेसन’ प्रविधिको सुरुवात गरेको छ । यो प्रविधि नेपालमा पहिलो पटक प्रयोगमा

चन्द्रागिरिमा लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ। चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ

आन्दोलनमा सहभागी हुन हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले पठायो फिर्ता

काठमाडौँ। गौशालामा हुन लागेको प्रदर्शनमा सहभागी हुन आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ। प्रहरीले प्रसाईंलाई पेप्सिकोला चोकमा रोकेर

चलचित्र रङ्गेलीमा भगवान् दादा बने अर्पण

काठमाडौँ। नेपाली चलचित्र रङ्गेलीको नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई भगवान् दादाको रूपमा परिचय

Techie IT