Techie IT
२०८१ मंसीर २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेले मंसिर १४ देखि मध्यपहाडी विशेष अभियान गर्ने

एमालेले मंसिर १४ देखि मध्यपहाडी विशेष अभियान गर्ने


काठमाडौँ । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान गर्ने भएको छ । पार्टी मुख्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ । अभियानको सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्नेछन् ।

ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता–कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने छ ।

यस्तै, बैठकले जाजरकोट भूकम्पका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता

काठमाडाैँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी

माओवादीप्रति उत्साह बढेपछि कांग्रेस र एमाले रक्षात्मक बनेको हरिबोल गजुरेलको…

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादीप्रति उत्साह बढेपछि कांग्रेस र एमाले रक्षात्मक बनेको दाबी गरेका छन् ।

नुवाकोटको नुचेतमा दुई छोरासहित आमा मृत फेला

नुवाकाेट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा आमा र दुई जना छोरा मृत भेटिएका छन् । हिजो २४ वर्षीया चन्दीमाया तामाङ

देशको राजनीति विचौलिया र दलालहरूको हातमा छ: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको राजनीति विचौलिया र दलालहरूको हातमा भएको बताएका छन् । सोमबार राष्ट्रिय

चलचित्र ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियर

काठमाडौँ । नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न

नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा शुरु गरेको छ । स्वास्थ्य तथा

Techie IT