Techie IT
२०८० फागुन १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्ने

मुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्ने


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका निम्ति राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सुशासन प्रवर्द्धन गर्दै सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण देशको अहिलेको आवश्यकता भएको बताए ।

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सुशासन कायम गर्नु अपरिहार्य भएको औँल्याउँदै उहाँले उत्पादकत्व वृद्धि तथा रोजगारीका अवसर सृजना नगरी सामाजिक रुपान्तरण कठिन हुने विचार व्यक्त गरे ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि परास्त गर्न सबै लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको रक्षा नै सर्वोपरि भएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान

काठमाडौँ । फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । विकासले सन् २०२० मा राष्ट्रिय टिमबाट डेब्यू गरेका

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका– ५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–५ प्रस्याङ बस्ने म्याग्दी

साफ यू– १६ महिला फुटबलमा भुटानमाथि भारतको फराकिलो जित

काठमाडौँ । भारतले आजदेखि काठमाडौँमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार भएको पहिलो

अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशीलः…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताए

भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर होः केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर भएको बताएका छन्

‘छायाँ’को म्युजिक भिडियो रिलिज

काठमाडौँ । नयाँ गीत छायाँको म्युजिक भिडियो आएको छ । डीजराज पौडेलको स्वर तथा संगीतमा सजिएको छाँया गीतको गीतकार भने

Techie IT