Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमाओवादी केन्द्रले सार्वजनिक गर्‍यो पार्टीको वेबसाइट

माओवादी केन्द्रले सार्वजनिक गर्‍यो पार्टीको वेबसाइट


काठमाडौँ। नेकपा माओवादी केन्द्रले पार्टीको वेबसाइट सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वेबसाइट सार्वजनिक गरेका हुन्।

माओवादीको वेबसाइट https://www.cpnmc.org/ रहेको छ। पार्टीको प्रचारको शैलीलाई आधुनिक ढंगबाट अघि बढाउनका लागि वेबसाइट निर्माण गरिएको माओवादी केन्द्रले जनाएको छ।

सार्वजनिक कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले समय अनुसार युगको अवस्था पनि फेरिँदै गएको कारणले डिजिटल उपयोग गरेर जाने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे।

प्रचण्डले सोसल मिडियाले एउटा भिलेनलाई हिरो र हिरोलाई भिलेन बनाउन पनि राम्रो सँग प्रयोग हुन सकेको भन्दै सचेत प्रयोगबाट हिरोलाई हिरो नै बनाउन लाग्नुपर्ने बताए। असली हिरो भनेको इतिहास निर्माण गर्ने जनता नै भएको भन्दै प्रधानमन्त्रीले कुनै अलौकिक वा कुनै प्रचारबाट तथाकथित हिरो बनाइएका मान्छे हिरो नभएको बताए।

उनले अहिलेको प्रविधिको विकासमा खर्च गर्न पार्टी चुकेको भन्दै अब त्यसमा पार्टी गम्भिर भएर लाग्ने पनि बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

Techie IT