Techie IT
२०८१ कात्तिक २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिरास्वपाका सबै सांसद पार्टीको केन्द्रीय सदस्य

रास्वपाका सबै सांसद पार्टीको केन्द्रीय सदस्य


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन्। महोत्तरीको जलेश्वरमा आज बुधवार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

पार्टीका छ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए। यो निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ। बैठकले सांसदहरू विराजभक्त श्रेष्ठ, सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, निशा डाँगी, मनिष झा, शिशिर खनाल, हरि ढकाल, डा. तोसिमा कार्की, डा. चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, विनीता कठायत र शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

पार्टीका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १५ जना सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिए। बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उपनिर्वाचनमा जाने रास्वपाको निर्णय

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने तयारी गरेको

भारतलाई १९ वर्षमुनिको विश्वकप जिताएका चन्दले लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडाैँ । भारतलाई १९ वर्षमुनिको एकदिवसीय विश्वकप जिताएका कप्तान उन्मुक्त चन्दले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट

अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयी

काठमाडाैँ । अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई

देशभर डेङ्गी सङ्क्रमण घट्दै

काठमाडौँ । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । कात्तिक २४ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक

मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

पोखरा । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । लम्साललाई कास्कीको पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित

Techie IT