Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेपालले लगानी भित्र्याउन नीतिगत सुधार गरेको छः प्रधानमन्त्री

नेपालले लगानी भित्र्याउन नीतिगत सुधार गरेको छः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई नेपालमा लगानी गर्न लागि आग्रह गर्दै यसका लागि नेपालले नीतिगत सुधार गरेको जानकारी गराएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी हुने क्रममा बिहीबार साँझ दुबईमा नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै उनले नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

युएईको उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्तरुपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।

युएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएई र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको धारणा राखे ।

दुबई उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबई उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपाल र युएईबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा युएई र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीको उपस्थिति थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनसेल र ईएन्ड इन्टरनेसनलबीच समझदारी

काठमाडौँ । एनसेलले ईएन्ड इन्टरनेसनलसँग समझदारी गरेको छ । ग्राहकका लागि उत्कृष्ट डिजिटल एवम् नलेज सेयरिङ सम्बन्धी गतिविधि सञ्चालन गर्न

भीपीएन प्रयोग गरेर नाबालिगको फोटोमा जथाभावी पोष्ट गर्ने एक जना…

काठमाडौँ । आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क भीपीएन प्रयोग गरेर फेक आईडी बनाएर नाबालिगलाई हैरानी दिएको आरोपमा एक जना

राष्ट्रियसभामा एमालेको प्रमुख सचेतकमा न्यौपाने मनोनयन

काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी

हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध

मुगु । लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ सडक

सेयर बजार दाेहाेराे अंकले घट्यो

काठमाडौँ । आज आइतबार नेप्से परिसूचक पौने १२ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज ११.७८ अंकले घटेको

राष्ट्रिय गौरवका आयोजनाको लागत बढे आयोजना प्रमुखहरू जिम्मेवार हुने प्रधानमन्त्रीको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् । आइतबार

Techie IT