Techie IT
२०८० फागुन १७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘राजा आउ देश बचाउ भनेर नारा लगाउनेलाई नै राजा आउँछन् भन्ने विश्वास छैन’

‘राजा आउ देश बचाउ भनेर नारा लगाउनेलाई नै राजा आउँछन् भन्ने विश्वास छैन’


काठमाडौँ । नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा राजा आउँछन् भने सोँच्नु दिवा सपना भएको बताएका छन् ।

चितवनको भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले उक्त धारणा व्यक्त गरेका हुन् ।

उनले भने, ‘राजा आउँ देश बचाउ भनेर नारा लगाउनेलाई नै राजा आउँछन् भन्ने विश्वास छैन त्यसैले अव देशमा राजा आउँछन् भन्ने सोच्नु दिवा स्वप्न हो । इतिहास फर्केर आउँदैन अगाडि बढेको व्यवस्था अगाडि जान्छ ।’

उनले अगाडि भने, गणतन्त्रमा विरोध गर्न पाइन्छ तर अहिले आएको विरोधले व्यवस्थामा चुनौती आउँदैन भन्ने हामीले लिएका छौ । गणतन्त्रलाई नै असर गर्ने गरी विरोध भएमा हामीले त्यही समयमा निर्णय लिने छौँ ।’

समाजलाई व्यवस्थित पार्दै लैजाने र अराजकतालाई नियन्त्रण गर्ने उनले बताए । जनताको आवश्यकता र चाहनालाई भने सम्बोधन गर्नु पर्ने बताउँदै जनताको आवश्यकतालाई मध्यनजर गरेर काम गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठको भनाई छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनभित्र सहमति जुट्छः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दाबी गरेका छन् । बिहीबार

शर्मिला वाइबा थप ४ दिन हिरासतमै रहने

काठमाडौँ । हाँस्य कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी कथित अभियन्ता शर्मिला वाइबालाई ४ दिन म्याद थप

सेफ्टी ट्याङ्करमा लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । प्रहरीले सेफ्टी ट्याङ्करभित्र लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यको शपथ सोमबार

काठमाडौँ । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी सदस्यहरूको शपथ सोमबार हुने भएको छ । सातै प्रदेशबाट

मन्त्री र सचिवहरूको कामप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले लक्ष्य अनुसार परिणाम दिन नसकेको स्वीकार्दै मन्त्रालयहरुको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्

नेप्से २८.६८ अंकले घट्यो

काठमाडौँ । आज बिहीबार सेयर बजार मापक नेप्से परिसूचक २८.६८ अंकले घटेको छ । नेप्से २८.६८ अंकले घटेर १९७२.०९ को

Techie IT