Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिअदालतको पक्राउ पूर्जीविरुद्ध विप्लवले घोषणा गरे आन्दोलन

अदालतको पक्राउ पूर्जीविरुद्ध विप्लवले घोषणा गरे आन्दोलन


काठमाडौँ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका छन्।

पक्राउ पुर्जीविरुद्ध आज साँझ साढे ५ बजे मशाल जुलुस, २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरेको छ।

सोमबार काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा व्यूताएर नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो।

अदालतको उक्त आदेश २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको नेकपाको विज्ञप्तिमा उल्लेख छ।

‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेकको न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्सना गर्दछ। साथै यस्ता वितण्डाबादी कार्य रोक्न माग गर्दछ’विज्ञप्तिमा भनिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौँ । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । छात्राको अवस्था

एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन् । नेकपा एमाले पर्सा जिल्लाको नवौँ

सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छः…

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फेरि

नेपालमा व्यक्ति बलियो हुने परिपाटी सुरु भएको छ: नेता गुरुङ

काठमाडौँ । नेकपा एमालेका नेता पार्वत गुरुङले नेपालमा देश बलियो बनाउने भन्दा व्यक्ति बलियो हुने परिपाटी विकसित भइरहेको बताएका छन्

गण्डकीको संसद बैठक २३ गते बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत…

पोखरा । गण्डकी प्रदेशकाका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत लिनका लागि २३ गते ३ बजेका लागि संसद बैठक बोलाइएको छ

जापान पठाइदिन्छु भन्दै ३ करोड ठग्ने दुई जना पक्राउ

काठमाडौँ । अरूको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ

Techie IT