Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेको संकल्प यात्रा आज सकिँदै

एमालेको संकल्प यात्रा आज सकिँदै


काठमाडौँ। नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आज अन्तिम दिन पाँचथरको चिवाभञ्ज्याङ पुग्दैछ।

एमालेले १८ दिनअघि मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट शुरु गरेको संकल्प यात्राको टोली आज अन्तिम बिन्दु चिवाभञ्ज्याङ पुग्ने भएको हो।

यात्रा टोली शनिबार फिदिममा बास बसेको थियो। टोली आज चिवाभञ्ज्याङको कार्यक्रमहरु सकेपछि पुनः फिदिममा नै बास बस्ने जनाइएको छ।

चिवाभञ्ज्याङमा आज अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारत सिमामा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको पार्टीको प्रचार तथा प्रकाशन विभागले जनाएको छ।

यात्रा टोली मध्यपहाडी राजमार्गमा पर्ने बैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, पश्चिम रुकुम, पूर्वी रुकुम, बागलुङ, पर्वत, कास्की, लमजुङ, धादिङ, नुवाकोट हुदै काभ्रेपलान्चोक, सिन्धुपाल्चोकका साथै रामेछाप, सिन्धुली, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा हुँदै तेह्रथुमबाट पाँचथर पुगेको हो।

यस क्रममा मध्यपहाडी राजमार्गमा नपर्ने चार जिल्लाहरु गुल्मी, सुर्खेत, सल्यान र दोलखामा पनि एमालेको टोलीले जनतासँग प्रत्यक्ष संवाद गरेको छ। संकल्प यात्रा टोली सोमबार बिहान काठमाडौं फर्किने जनाइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

असार १५: उत्सवको हिलोमा किसानको आँसु

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो ।

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको जनतामा समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेसँगै राष्ट्रिय

Techie IT