Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमारकाटमा उत्रिएर कुनै समस्याको समाधान खोजिन्छ भने त्यो किमार्थ सम्भव छैनः ईश्वर पोखरेल

मारकाटमा उत्रिएर कुनै समस्याको समाधान खोजिन्छ भने त्यो किमार्थ सम्भव छैनः ईश्वर पोखरेल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राले एमाले प्रति जनताको विश्वास जगाएको बताएका छन् ।

मङ्सिर १४ गते बैतडीको महाकाली नदी किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार पाँचथरको चिवाभञ्ज्याङमा सम्पन्न गरेपछि काठमाडौं फर्कने क्रममा सोमबार झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले बैतडीदेखि पाँचथरसम्म सबै ठाउँमा नागरिकले अपार माया देखाएका बताए ।

‘सबै ठाउँमा जनताको उपस्थिति हामीले त्यस्तै किसिमको पायौँ, यसले हामी अत्यन्त उत्साहित भएका छौँ’, उनले भने ।
प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले जनताले एमाले प्रति आशा र विश्वास राखेका बताउनुभयो । त्यो विश्वासलाई एमालेले मर्न दिनु नहुने उनको भनाइ छ ।

नेकपा एमालेले आयोजना गरेको संकल्प यात्रा कसैको विरुद्ध नभएको पनि उनले स्पष्ट पारे । ‘हाम्रो यो यात्रा कसैको विरुद्ध होइन, हाम्रो यात्रा अन्योल, अस्थिरता, राज्यको तर्फबाट जुन सेवा पाउनु पर्ने हो त्यो पाउन नसकेको स्थितिलाई चिर्न हो’, उनले भने ।

देशको अहिलेको अवस्थाको बारेमा जनतालाई यथार्थ जानकारी गराउने एमालेले संकल्प यात्रा आयोजना गरेको र त्यसमा सफलता मिलेको उनले बताए । राष्ट्रिय एकता, सामाजिक सद्भावना कायम गर्दै विकासका काम अघि बढाउनु पर्छ भन्ने कुरामा खबरदारी गर्न यात्रा आयोजना गरिएको उनले प्रष्ट पारे ।

अहिले ग्रामीण क्षेत्रमा जनताले कुनै पनि सेवा पाउन नसकेको कारण असन्तुष्टि बढेको उनले बताए । एमालेले सुरु गरेका विकासका सबै काम ठप्प भएको उनले सुनाए । अहिले मास फ्रस्टेसनको स्थिति सिर्जना भएको उनको भनाइ छ ।

नेकपा एमाले लोकतन्त्रमा विरोध गर्न पाइने कुरामा प्रष्ट रहेको तर हिंसालाई भने स्वीकार नगर्ने पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो । सबै असहमति शान्तिपूर्ण रूपमा राख्नु पर्ने र संवैधानिक हिसाबले समाधान खोज्नु पर्नेमा उनको जोड छ । ‘मारकाटमा उत्रिएर कुनै समस्याको समाधान खोजिन्छ भने त्यो किमार्थ सम्भव छैन, नेकपा एमाले त्यसको विरुद्धमा रहन्छ’, उनले भने ।

विधिसम्मत ढङ्गले कसैले पनि यो भएन यो हुनुपर्छ भन्न सक्ने भए पनि जबरजस्ती गरेर कुनै पनि समस्या समाधान नहुने उनले बताए । कोशी प्रदेशको नामाकरण संवैधानिक हिसाबले नै भएको र असन्तुष्टि भए संवैधानिक बाटोबाट नै समाधान गर्न उनले आग्रह गरे ।

पोखरेलले समृद्धिको लागि संकल्प यात्रा औपचारिक ढङ्गले समापन भएको भए पनि सो यात्राका क्रममा प्राप्त विषयवस्तुलाई निरन्तर अघि बढाउने उनले बताए । जनताले सेवा प्राप्त गर्न नसक्ने अहिलेको स्थितिका विरुद्ध एमालेको अभियान निरन्तर हुने उनले प्रष्ट पारे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT