Techie IT
२०८१ माघ २४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिधनगढीका मेयर हमालले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने

धनगढीका मेयर हमालले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने


काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले राष्ट्रियसभा सदस्यको मतदान नगर्ने भएका छन् । जारी राष्ट्रियसभा सदस्यको मतदानमा मेयर हमाल सहभागी नहुने भएका हुन् ।

राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेश सभा सचिवालयको परिसरमा मतदान जारी रहेको छ । अहिलेसम्म स्थानीय तहका १७३ जनाले मतदान गरेका छन् ।

दुई जनाले मतदान गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । प्रदेश सभाका भने ५२ जनाले नै मतदान गरेका छन् । प्रदेश सभामा ५३ जना सदस्य रहेकोमा एक जनाको मृत्यु भएको थियो ।

स्थानीय तहमा १७५ जनामा १७३ जनाले मतदान गरेका छन् । सुदूरपश्चिमबाट राष्ट्रिय सभाको तीन सदस्यका लागि ६ जना चुनावी मैदानमा रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

अबको राजनीतिक मुद्दा भ्रष्टाचार अन्त्यका लागि हो: अध्यक्ष दाहाल

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारकै कारण नेपालमा आर्थिक सङ्कट देखिएको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

Techie IT