Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिओलीको दाबीः माधव नेपालले अब कुनैपनि हालतमा चुनाव जित्न सक्दैनन्

ओलीको दाबीः माधव नेपालले अब कुनैपनि हालतमा चुनाव जित्न सक्दैनन्


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जिन्दगीमा कुनैपनि हालतमा अब चुनाव जित्न नसक्ने दाबी गरेका छन् ।

बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यक्ष नेपालले सो दाबी गरेका हुन् । नेपालले
पटक–पटक मधेशलाई धोका दिएको दाबी गर्दै अब कुनैपनि हालतमा जनताले भोट दिएर चुनाव जिताउन नहुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अब अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन ।’

ओलीले माधव नेपालको चर्को आलोचना गरेका थिए । पहिला एमालेका नेता भएका, प्रधानमन्त्री समेत भएको व्यक्तिले दुई तिहाइको पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाएको आरोप ओलीले लगाए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिक

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने

विराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा

Techie IT