Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘कांग्रेसले नैतिकताको पाठ सिकाउने होइन, चारै वर्ष संसद्‍ अवरोध गरिरहोस्’

‘कांग्रेसले नैतिकताको पाठ सिकाउने होइन, चारै वर्ष संसद्‍ अवरोध गरिरहोस्’


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई अबको चारै वर्ष संसद्‍मा अवरोध गरिरहन चुनाैती दिएका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएको आरोपसहित आफ्नो राजीनामा मागिरहेको कांग्रेसलाई मंगलबार बसेको संसद् बैठकका क्रममा गृहमन्त्री लामिछानेले यस्तो चुनौती दिएका हुन् ।

संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग बोलेका उनले छानबिनका लागि संसदीय समिति माग्नु कांग्रेसको अधिकारको कुरा भएको पनि बताए ।

उनले आफू सरकारमा काम गर्न आएको पनि बताए । ‘माग गर्नु एउटा कुरा भयो । यो विषय कसरी अघि बढ्छ, समयले बताउला तर म सरकारमा काम गर्न आएको हो, राजीनामा दिन्नँ ।’

लामिछानेले कसैले हालिदिएको सामान्य उजुरीकै भरमा कांग्रेसले संसद्‍मा अवरोध गर्न थाल्नु उचित नभएको भन्दै असन्तुष्टि देखाए ।

‘संसद्‍मा यस्तै कुरा सिकाइरहने हो भने म कांग्रेसलाई भन्छु, ऊ पनि दूधले नुहाएको पार्टी हो(होइन जनताले बुझेका छन् । अब यसको जवाफ हामी काम गरेर दिन्छौँ। कांग्रेसले यसैगरी ४ वर्षसम्म संसद्‍मा अवरोध गरिरहोस्,, उनले भने, ‘अनियमिततामा संलग्न हुने, अनुसन्धान र छानबिनलाई प्रभावित पार्ने, अनुसन्धान भइरहेका बेला कुर्सीबाट हटाउने कांग्रेसले हामीसँग नैतिकताको कुरा गर्नेरु सुशासनका गफ दिनेरु कांग्रेस संसद्‍मा चारै वर्ष अवरुद्ध गरिरहोस्। अहिले जस्तै अवरोध भइरहे पनि हाम्रो संयन्त्रले काम गर्न पाए भने चार वर्षपछि यहाँका धेरै जना सदनमा देखिने छैनन् ।’

मंगलबारको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि गृहमन्त्री लामिछानेलाई राज्यका कुनै पनि संयन्त्र र निकायले दोषी नदेखाएको बताएका थिए। अहिलेको अवस्थामा रवि कुनै पनि सहकारी ठगी प्रकरणमा जोडिएको प्रमाण नभेटिएको पनि उनले बताएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

Techie IT