Techie IT
२०८२ भदौ १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय


धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा २१ संस्थापक केन्द्रीय सदस्यमध्ये १२ जना उपस्थित रहेको बताइएको छ । अध्यक्ष श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी जापानमा रहेको बेला केन्द्रीय समिति बैठक बोलाएर निर्णय गरेकी हुन् । यो बैठकलाई संरक्षक चौधरी पक्षले बहिष्कार गरेको थियो ।

संरक्षक चौधरी नयाँ समीकरणमा बनेको सरकारलाई समर्थन नगर्ने पक्षमा रहेको छ । तर अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने समयमा ह्वीप लगाएर मत दिएकी थिइन् ।

त्यस्तै नाउपाले सुदूरपश्चिममा भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको छ । संरक्षक चौधरीको निर्देशनमा नाउपाका ७ मध्ये पाँच सांसद अहिले मन्त्री बनेका छन् ।

अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेश संसदीय दलले अहिलेसम्म सर्मथन फिर्ता भने लिएको छैन । केहि समय अघि पार्टीमा श्रीमान श्रीमतीबीच नै विवाद बढेपछि चौधरीले श्रीमतीलाई सम्झाउन नसकेको गुनासो पोखेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभाव

नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

Techie IT