Techie IT
२०८२ भदौ १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिलुम्बिनी प्रदेशका मुख्‍यमन्त्री चौधरीद्वारा पदबाट राजीनामा

लुम्बिनी प्रदेशका मुख्‍यमन्त्री चौधरीद्वारा पदबाट राजीनामा


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्‍यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सम्बोधनपछि उनले राजीनामाको घोषणा गरेका हुन् ।

माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुपर्ने थियो । तर विश्वासको मत नपुग्ने भएपछि चौधरीले पदबाट राजीनामा दिएका हुन् । चौधरी गत वैशाख १४ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

लुम्बिनी प्रदेश सरकारमा अहिले नेपाली काँग्रेस, नागरिक उन्मुक्ति, जसपा, लोसपा र जनमत छन् । प्रदेशमा एमालेका २९ सांसद, काँग्रेसका २७ सांसद, सभामुखबाहेक माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सांसद रहेका छन् । तर राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दामा निलम्बित भएका छन् ।

यस्तै प्रदेशमा जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीनजना सांसद छन् भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक एकजना सांसदसहित एकजना स्वतन्त्र सांसद छन् ।

केन्द्रमा बनेको सहमति अनुसार अब प्रदेशको नेतृत्व माओवादी केन्द्रको भागमा परेपछि माओवादी केन्द्र लुम्बिनी प्रदेशका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने लगभग पक्का छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभाव

नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

Techie IT