Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको दाबी पेस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको दाबी पेस


काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन् ।

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता सोडारीले प्रदेश प्रमुख नाजिर मियासमक्ष दाबी पेस गरेका हुन् । संविधान धारा १६८ (२) अनुसार दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।

सोडारीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी गरेका हुन् ।

त्यहाँ एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका चार, नागरिक उन्मुक्ति पार्टी सात सांसद रहेका छन् । तर, नागरिक उन्मुक्ति पार्टी विभाजित छ । अध्यक्ष रञ्जीता श्रेष्ठ सोडारीको पक्षमा छिन् भने संरक्षक रेशम चौधरी पक्षका सांसद सत्ता गठबन्धनको पक्षमा छैन ।

त्यसैले नागरिक उन्मुक्तिका दुई र स्वतन्त्र एक गरी कुल २७ सांसदको समर्थनमा सोडारीले दाबी पेस गरेका हुन् । ५३ सदस्यीय प्रदेशसभामा हाल ५२ सदस्य छन् । बहुमतका लागि २७ सांसदको आवश्यकता पर्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

Techie IT