Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेले ७५ औं स्थापना दिवस मनाउँदै, पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मान गरिने

एमालेले ७५ औं स्थापना दिवस मनाउँदै, पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मान गरिने


काठमाडौँ । नेकपा एमालेले आज ७५ औं स्थापना दिवस मनाउँदै छ । यस अवसरमा गणतन्त्र गौरव सम्मान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रदान गरिने भएको छ ।

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज गणतन्त्र गौरव सम्मान अर्पण गर्ने निर्णय गरेको हो । यसैबीच एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दुई दिन आयोजना गरिएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ ।

त्यसैगरी, केन्द्रीय निकायहरू सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रतिवेदनहरू पनि सर्वसम्मत रूपमा पारित भएका छन् । बैठकको पहिलो दिन प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए भने दोस्रो दिन ६ वटा समूहमा प्रतिवेदनहरू र पार्टीको संगठन सुदृढीकरण सम्बन्धी विषयहरूमा छलफल गरी आवश्यक सुझाव संकललन गरिएको थियो ।

उक्त बैठकले १४ बुँदामा विभिन्न समसामयिक प्रस्तावहरू पारित गरेको छ । बैठकले सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन माग गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT