गृहपृष्ठ ∕
राजनीति ∕
बजेट प्रधानमन्त्री र अर्थमन्त्रीको गृहजिल्लामा केन्द्रित भयोः रघुजी पन्त बजेट प्रधानमन्त्री र अर्थमन्त्रीको गृहजिल्लामा केन्द्रित भयोः रघुजी पन्त
काठमाडौँ। नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतको गृहजिल्लामा केन्द्रित भएको भन्दै आलोचना गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद पन्तले सो कुरा बताएका हुन्।
त्यसरी खन्याउने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा पनि परेको बताए। सांसद पन्तले प्रधानमन्त्री सिंगो मुलुकको हुन नसकेको बताए। ‘बजेटमा ग्वाम्म हात हालेको छ‚ नुवाकोटमा घोप्ट्याएको छ। बजेटमा हात हालेको छ‚ गोरखामा घोप्ट्याएको छ। अर्को छेउमा तिमीहरूले मात्रै घोप्ट्याउने? यो सबै जुटाइदिने त मैं हुँ भनेर मादल बजाएर बसिरहेका डडेलधुराका बुढा, उनकहाँ पनि घोपट्याइदिया छ‚ लौ ला त नि भनेर। अरु सबै हेर्या हेर्यै।’
बजेट अन्य निर्वाचन क्षेत्रका लागि आवश्यकताका आधारमा विनियोजन गर्नुभन्दा पनि गोरखा, नुवाकोट र डडेलधुरा केन्द्रित हुँदा सत्तापक्षका सांसदहरू पनि असन्तुष्ट रहेको पन्तले बताए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद