Techie IT
२०८१ असार ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबजेट प्रधानमन्त्री र अर्थमन्त्रीको गृहजिल्लामा केन्द्रित भयोः रघुजी पन्त

बजेट प्रधानमन्त्री र अर्थमन्त्रीको गृहजिल्लामा केन्द्रित भयोः रघुजी पन्त


काठमाडौँ। नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतको गृहजिल्लामा केन्द्रित भएको भन्दै आलोचना गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद पन्तले सो कुरा बताएका हुन्।

त्यसरी खन्याउने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा पनि परेको बताए। सांसद पन्तले प्रधानमन्त्री सिंगो मुलुकको हुन नसकेको बताए। ‘बजेटमा ग्वाम्म हात हालेको छ‚ नुवाकोटमा घोप्ट्याएको छ। बजेटमा हात हालेको छ‚ गोरखामा घोप्ट्याएको छ। अर्को छेउमा तिमीहरूले मात्रै घोप्ट्याउने? यो सबै जुटाइदिने त मैं हुँ भनेर मादल बजाएर बसिरहेका डडेलधुराका बुढा, उनकहाँ पनि घोपट्याइदिया छ‚ लौ ला त नि भनेर। अरु सबै हेर्‍या हेर्‍यै।’

बजेट अन्य निर्वाचन क्षेत्रका लागि आवश्यकताका आधारमा विनियोजन गर्नुभन्दा पनि गोरखा, नुवाकोट र डडेलधुरा केन्द्रित हुँदा सत्तापक्षका सांसदहरू पनि असन्तुष्ट रहेको पन्तले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनसेल एपमा अब माछापुच्छ्रे बैंककाे प्लेटफर्ममार्फत भुक्तानी सुविधा

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता

मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । मुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तःशुल्क

सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा कम हुँदैन: गभर्नर…

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्न नसक्ने बताएका छन् ।

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

तनहुँ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका

डा. हर्क गुरुङ उद्यान बनाउन १५ लाख प्रदान

लमजुङ । भूगोलविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. हर्क गुरुङ जन्मेको गाउँमा उद्यान निर्माण गर्न रु १५ लाख प्रदान

विश्वप्रकाशका प्रश्नः जिबी राईको लोकेसन पत्ता लाग्यो भनेर हल्ला गर्नु…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईको लोकेशन पत्ता लागेर पनि पक्राउ किन गरिएन

Techie IT