Techie IT
२०८१ जेठ १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिइतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्नुपर्छः माधव नेपाल

इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्नुपर्छः माधव नेपाल


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक रहेको बताएका छन् ।

मंगलवार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् । उनले जीवनका कुराहरु राम्रोसँग नोट नगरे जीवनसँगै सकिने र अर्को पुस्ताका लागि जानकारी पाउन कठिन बन्ने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले सबैले इतिहासका भोगाइहरुलाई टिपेर राख्न सुझाव दिए । उनले छिटै नै नकेपा विभाजन र नेकपा एकीकृत समाजवादी पार्टी निर्माणको बारेमा लेखिएको पुस्तक आउन लागेको भन्दै त्यस पुस्तकले विभाजन र पार्टी निर्माणको बारेमा सबै स्पष्ट पार्ने उल्लेख गरे ।

सो क्रममा अध्यक्ष नेपालले आफ्नो राजनीतिक अनुभवका विभिन्न भोगाइरहेको बारेमा पनि स्मरण गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगन

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिट निवेदन आज (बुधबार) सुनुवाइ नहुने भएको छ

‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो

भारतको राजस्थानमा गर्मीले ६ जनाको ज्यान गयो

काठमाडौँ । भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । झण्डै चार हजार जना बिरामी

अवरुद्ध नारायणगढ-बुटवल सडक खण्ड दुईतर्फी संचालन

काठमाडौँ । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–९ थुम्सीमा पुलको

नेपाल र यूएईबीचको दोस्रो लेग साउदी अरेबियामा हुने

काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई) सँगको दोस्रो लेग साउदी अरेबियामा खेल्ने भएको छ

महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

काठमाडौँ । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गरेकी छन् । भेटका अवसरमा नेपाल र राष्ट्रसङ्घको

Techie IT