Techie IT
२०८० असोज १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्थामा हुनु विडम्बना

सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्थामा हुनु विडम्बना


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्थामा हुनु विडम्बना भएको बताएका छन्। शुक्रबार पार्टीको रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

देशमै प्रचुर सम्भावना भएपनि विदेशीसँग भिख माग्नु दुर्भाग्यको कुरा भएको उनको भनाई छ। नेपाल आफैमा सुनको कचौरा जस्तो भएपनि अरुसँग भिख माग्दै हिँड्ने गरेको प्रधानमन्त्री प्रचण्डको टिप्पणी छ।

‘नेपाल प्रकृतिले दिएको साधन स्रोतका दृष्टिकोणले गरिब विल्कुल छैनौँ। प्रकृतिले दिएको कुरा भन्ने हो भने तराई मधेसदेखि पहाड, हिमालसम्म विविधता त्यसको उत्पादकत्व र स्रोतहरूको दृष्टिकोणले धेरै धनी छौँ। तपाईँहरूले सुन्नु भएको होला विदेशका कयौँ बौद्धिक अर्थशास्त्रीहरूले नेपाल सुनको कचौरा लिएर भिख मागेर हिँडेको छ भन्ने गर्छन्,’ प्रधानमन्त्रीले भने, ‘नेपाल आफैमा सुनको कचौरा जस्तो छ। हामी दुनियाभरि रोजी रोटीको निम्ति जान बाध्य छौँ। सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्था छ। यो एउटा विडम्बना हो। नेपाल र नेपालीका निम्ति दुर्भाग्यको कुरा हो।’

हामी यस्तो किन भयौँ भनेर प्रश्न वा गहिरो गरी घोत्लिनु पर्ने उनको भनाई छ। हाम्रो इतिहास र विरासत यस्तो नभएको भन्दै प्रचण्डले भने, ‘अरू ठुला देशहरू वैदेशिक हस्तक्षेपको बुटमुनी कुल्चिदा हामी स्वतन्त्र भएको इतिहास छ। वीरता र बलिदानको दृष्टिकोणले हेर्ने हो भने नेपालीहरू विश्वभर ख्याति कमाएका हौँ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्तर कोरियाद्वारा रूससँगको सम्बन्धबारे अमेरिकी अभिव्यक्तिको विरोध

एजेन्सी । उत्तर कोरिया र रूसबीचको सम्बन्धप्रति अमेरिकाले गरेको शत्रुतापूर्ण अभिव्यक्ति गलत भएको प्योङयाङले जनाएको छ । आइतबार उत्तर कोरियाका

स्पेनी रात्रि क्लब आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तेह्र पुग्यो

एजेन्सी । दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जना

पेय पदार्थमा अखाद्य वस्तु भेटेपछि वरुण वेभरेजलाई रु दुई लाख…

पेय पदार्थमा अखाद्य वस्तु भेटेपछि वरुण वेभरेजलाई रु दुई लाख जरिवाना काठमाडौँ । पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले वडा

सुन तस्करीमा वैकल्पिक मार्ग प्रयोग गर्दै तस्कर

काठमाडौँ । तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ । प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन

राष्ट्रपति पौडेलबाट गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि नेपालका

अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो

काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आइतबार राति छाडिएको छ । अभिनेता केसीलाई हाजिर

Techie IT