Techie IT
२०८१ माघ २८, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसतिशकुमार सिंह मधेशको मुख्यमन्त्रीमा नियुक्त

सतिशकुमार सिंह मधेशको मुख्यमन्त्रीमा नियुक्त


जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखका स्वकीय सचिव टीकाराम उप्रेतीले जानकारी दिए ।

मुख्यमन्त्रीमा नियुक्त भएका सिंह शुक्रबार बिहान १२ बजेर २१ मिनेटमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

मुख्यमन्त्रीमा सिंहले शपथ गरेलगत्तै ११ सदस्यीय मन्त्रीमण्डलसमेत गठन गर्ने तयारी छ ।

सिंह ६ दलका ५५ जना सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका हुन् । ६ दलबीच बिहीबार अबेर राति मन्त्रालयको बाँडफाँट भएको छ । अर्थ मन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त हुँदैछन् । यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव, भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी बेंची लुङेलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री, एकमात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी तोक्ने तयारी छ ।

एमालेको भागमा स्वास्थ्य, शिक्षा र खेलकुद मन्त्रालय पनि परेको छ । एमालेले यी तीन मन्त्रालयमा कसलाई पठाउने निर्णय गर्न बाँकी छ । यस्तै, जनमत पार्टीको भागमा वन तथा वातावरण मन्त्रालय परेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेश

काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर

मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते

भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

Techie IT