Techie IT
२०८२ भदौ १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणबारे संसद्लाई जानकारी गराउन कांग्रेसको माग

राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणबारे संसद्लाई जानकारी गराउन कांग्रेसको माग


काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसदहरूले प्रतिनिधि सभामा उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्रीको भारत र राष्ट्रपतिको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङसहित प्राकृतिक विपत्ति र यसबाट भइरहेको क्षति तथा सरकारले क्षति घटाउन गरिरहेका कामलगायत विभिन्न विषयमा चासो राखेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणको विषयमा सदनलाई जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएको छ ।

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरे । उनले प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाए । उनले सदनको नेता प्रधानमन्त्री भए पनि उनी सदनबाट भाग्न खाजेको आरोपसमेत लगाए ।

भारत भ्रमणबाट फर्केको एक हप्ता हुँदा पनि सदनले प्रधानमन्त्री भारत भ्रमणमा गएको र फर्किएको विषयमा अखबार पढेर थाहा पाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था भएको नेता लेखकको भनाइ छ । उनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सदनमा कांग्रेस नेताहरूमाथि लगाएका आरोपबारे पनि प्रधानमन्त्रीबाट जवाफ माग गरे । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तत्कालै गर्न माग गरेका छन् ।

प्रतिनिधि सभा बैठकको विशेष समयमा सदस्य योगेश भट्टराईले पहाडी र हिमाली जिल्ला प्राकृतिक विपत्तिको उच्च जोखिममा भएको भन्दै सुरक्षाका लागि एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्ने बताए । उनले विपद् प्राधिकरणलाई स्रोत, साधन र जनशक्तिको अभाव हुन नहुनेमा जोड दिए ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काठमाडौँमा मेलम्चीको पानीले नपुग्ने, लार्के तथा याङ्ग्रीको पानी तत्काल ल्याउन सक्ने अवस्था नहुँदा काठमाडौँवासीले खानेपानीको चरम अभाव भोग्नुपरेकोतर्फ सरकारको ध्यान पुग्न नसकेको टिप्पणी गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभाव

नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

Techie IT