Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिदेशले संघीयता धान्न सक्दैन खारेज गर्नुपर्छ: कमल थापा

देशले संघीयता धान्न सक्दैन खारेज गर्नुपर्छ: कमल थापा


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले अहिलेको यस्तो संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन् ।

दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरे । पार्टीको काठमाडौं -६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले साम्यवाद,समाजबाद र पुँजिवादको बिकल्प जरुरी भएको बताए । नयाँ बैचारिक दर्शनको आबश्यकता भएकोले सम्बर्द्धनबादलाई अबको मार्गचित्र बनाउनु पर्नेमा थापाको जोड थियो ।

काङ्ग्रेस,एमाले,माओवादीको बिकल्प दिने शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै थापाले जनताको बिचमा जान ढिलाई गर्न नहुने र शसक्त राप्रपा नेपाल आजको आबश्यकता भएको समेत बताए ।

बिदेशी हस्तक्षेप र दबाबबाट आएको प्रणालीले मुलुकको हित हुन नसक्ने भएकोले सबै अट्ने मौलिक ब्यबस्थाले मात्र देशलाई निकास दिने स्पष्ट पारे । प्रशिक्षणमा डाक्टर बिष्णु भण्डारी , राजाराम बर्तौला “चुनेली” ,राजकुमार खड्का र उज्वल पोखरेल लगायतले बोलेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

असार १५: उत्सवको हिलोमा किसानको आँसु

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो ।

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको जनतामा समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेसँगै राष्ट्रिय

Techie IT