Techie IT
२०८२ कात्तिक २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभाबाट विश्वासका पाएका छन् । मुख्यमन्त्री भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आजको प्रदेशसभा बैठकमा विश्वासको मत मागेका थिए ।

मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्री लामाले विश्वासको मत पाएका हुन् । विश्वासको मतको पक्षमा ६४ मत परेको थियो भने विपक्षमा ३५ मत परेको थियो ।

नेपाल मजदूर किसान पार्टीले तटस्थ बस्ने घोषणा गरेको थियो । प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री लामाले स्थिर सरकार बनाएर जनताको अपेक्षा पूरा गर्नु आजको आवश्यकता भएको बताएका थिए । उनले विगतका सरकारले थालनी गरेका राम्रा कामहरुलाई निरन्तरता दिने भन्दै विश्वासको मत दिन माओवादी र एकीकृत समाजवादीसँग आग्रह गरेका थिए ।

विश्वासको मतमाथिको छलफलमा बोल्दै नेपाली कांग्रेसका नेता रामकृष्ण चित्रकारले साना दलहरुको उग्र महत्वाकांक्षाका कारण कांग्रेस–एमालेको पछिल्लो राजनीतिक समीकरण बनाउनुपरेको बताए । यस्तै नेकपा एमालेका नेता जगन्नाथ थपलियाले समयको माग अनुसार संविधान परिमार्जनको आवश्यकतालाई सम्बोधन गर्नका लागि नयाँ गठबन्धन बनेको उल्लेख गरे ।

छलफलमा सहभागी हुँदै नेकपा माओवादीका नेता युवराज दुलालले संविधान संशोधन संसदको अंकगणितले नभई राष्ट्रिय आवश्यकताले निर्धारण हुने बताएका थिए । बिहानीले दिनको संकेत गर्छ भन्दै दुलालले मुख्यमन्त्रीलाई प्रश्न गरे, ‘मन्त्रीको हिसाबकिताब मिलाउन सक्नुभएको छैन, यो सरकार अगाडि जान्छ भनेर कसरी बुझ्ने ? ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

Techie IT