Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियोः अर्थमन्त्री महत

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियोः अर्थमन्त्री महत


काठमाडौँ। अर्थमन्त्री प्रकाश शरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन्। आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले सो कुरा बताएका हुन्।

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताए। संसदमा उठेका विषयमा जवाफ दिँदै महतले भने, ‘यो कार्यक्रममा बजेटको सीमितता छ। भौतिक पूर्वाधारको निकै माग छ। यस्तो बेलामा निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तिमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो। यो पूँजीगत खर्च नै हो।’

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको लागि प्रत्येक निर्वाचन क्षेत्रको लागि ५ करोड विनियोजन गरेको बताए। यो कार्यक्रमअन्तर्गत एउटा आयोजनामा कम्तिमा १ करोड विनियोजन भएको छ। सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायतका भौतिक पूर्वाधार निमार्णका आयोजना तथा कार्यक्रमकाा लागि ८ अर्ब २५ करोड विनियोजन भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो

काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफल

काठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

काठमाडौं । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार भोजपुर

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

Techie IT