Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेको शक्ति प्रदर्शनले यात्रुलाई सास्ती

एमालेको शक्ति प्रदर्शनले यात्रुलाई सास्ती


काठमाडौँ । दरबारमार्गमा हुने सत्तारुढ दल एमालेको सडक शक्ति प्रदर्शनका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । कार्यालय समयमा यसैत अत्याधिक व्यस्त रहने सडक त्यसमा एमालेको सडक शक्ति प्रदर्शनले काठमाडौंवासी जामको चरम सास्तीमा परेका छन् ।

प्रदर्शनले सडक र सवारीलाई सास्ती मात्रै दिएको छैन। सरकारी तथा निजी कार्यालयहरू पनि ठप्प बन्न पुगेका छन्।कर्मचारीहरूले १२ बज्नै लाग्दा पनि आफ्नो कार्यालय पुग्न सकेका छैनन्। सेवाग्राहीको अवस्था पनि उस्तै छ। कार्यालय पुगेका सेवाग्राहीले आफ्नो काम गराउन पाएका छैनन् ।

राजधानीका विद्यालयहरूमा यसको असर परेको छ। विद्यार्थी र शिक्षकहरू अहिलेसम्म पनि विद्यालयमा पुग्न सकेका छैनन् ।
घण्टौँ जाममा फसेका सर्वसाधारणहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। आफै सत्तामा बस्ने अनि आफै जनतालाई सास्ती दिने भन्दै उनीहरूले आक्रोश व्यक्त गरिरहेका हुन् ।

एमालेले आज दरबारमार्गमा जनप्रदर्शन गर्दैछ। पार्टीले विरोधीहरुलाई आफ्नो तागत देखाउन आयोजना गरेको यो प्रदर्शनलाई सर्वधारण र विश्लेषकहरूले भने बिना अर्थ जनतालाई दुख दिने काम भएको बताएका छन् । सत्तारुढ दलले नै आवागमन प्रभावित हुने गरी सडकमा कार्यकर्ता उतार्नुको कुनै औचित्य नरहेको उनीहरूको तर्क छ ।

एमालेको सभालाई मध्यनजर गर्दै आज बिहानैबाट ट्राफिक प्रहरीले दरबारमार्गमा यातायात आवागमन बन्द गराएको थियो । जसले गर्दा आसपासका सडकहरूमा सवारीको चाप बढेको छ । केशरमहल, जयनेपालहल, महेन्द्र शालिकबाट गाडीहरू डाइभर्सन गरिएका छन् ।

जागरणसभाका लागि शुक्रबार मध्यान्ह १२ बजे भद्रकालीबाट सुरु भएको र्‍याली सुन्धारा, वीर अस्पताल, घन्टाघर रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । ‘शक्ति प्रदर्शन’मा काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी एमालेको छ ।आजै ललितपुरको बालकुमारीमा दुर्गा प्रसाईँको अभियानले पनि प्रदर्शन गर्दै छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

काठमाडौँ । यही श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

राप्रपाको विवाद उत्कर्षमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले अध्यक्ष राजेन्द्र लिङ्देनले विधान उल्लंघन गरेर स्वेच्छाचारी क्रियाकलाप गरेको आरोप लगाएका छन्

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के

Techie IT