Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल

एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल बनाउने उद्देश्यले भ्रमको शृंखला अघि बढाइएको बताएका छन् ।

शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले ओलीकै नेतृत्वमा मुलुकको समस्या समाधान गर्ने बताए ।

“देश बनाउने पार्टी एमाले हो । नेपालको विकास ओली नेतृत्वको सरकारले नै गर्छ,” उनले भने । उनले एमालेलाई समाप्त पार्न प्रपञ्च भइरहेको पनि बताए । उनले देश श्रीलंका र बंगलादेशजस्तो बन्ने अवस्थामा नभएको दाबी गरे ।

“सुनिन्छ, नेपाललाई श्रीलंका बनाइदिने, बंगलादेश बनाइदिने भन्न थालिएको छ । नेपालको परिस्थिति न श्रीलंकाको हो न बंगलादेशको,” उनले भने ।

उनले देश बनाउन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व चाहिने बताए । राजनीतिक अस्थिरताका कारण मुलुक नबनेको भनाइ उनको छ । “अहिलेसम्म राजनीतिक स्थायित्वको आधार बनाउन सकेका छैनौँ । एमालेले संकल्प गरेको छ, अब मुलुकलाई निर्णायक राष्टिय शक्तिको खाँचो छ,” उनले भने ।

पोखरेले एमालेसँग मात्रै दूरदर्शी नेतृत्व रहेको जिकिर गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

Techie IT