Techie IT
२०८२ मंसीर ४, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगणतान्त्रिक व्यवस्थामा सुधार आवश्यक भएको कांग्रेस सभापति देउवाको भनाइ

गणतान्त्रिक व्यवस्थामा सुधार आवश्यक भएको कांग्रेस सभापति देउवाको भनाइ


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्था स्थायी भएको भन्दै यसलाई सुदृढ गर्दै जानुपर्ने बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले गणतन्त्रलाई सफल पार्न सबैको कर्तव्य हुने भएको बताएका हुन । सभापति देउवाले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि आवश्यक भएको बताए ।

सभापति देउवाले देशैभर राष्ट्रिय मेलमिलाप आवश्यक रहेको र कांग्रेसले नै त्यसको अग्रसरता लिनुपर्ने उल्लेख गरे । नेपाली कांग्रेसका नेता, कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताए ।

नेता सिटौलाले पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा ओली रहे पनि सरकारको नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

Techie IT