Techie IT
२०८० फागुन २२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘नागरिकलाई सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिनुपर्छ’

‘नागरिकलाई सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिनुपर्छ’


काठमाडौँ । सांसद अर्जुननरसिंह केसीले निरपेक्ष गरिबीको रेखामुनि रहेका, सीमान्तकृत, अपहेलित नेपालीको सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिन नसक्दासम्म राष्ट्रिय विकासले गति लिन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले महिला शोषण र हिंसालगायत घटनाबाट पीडित हुँदै आएकाले कानुन कडाइका साथ कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराए । “समाज परिवर्तन गर्न नयाँ ढङ्गको चेतनाको आन्दोलनको जरुरी छ”, उनले भने ।

सांसद हितराज पाण्डेले कार्यतालिका बनाएर बजेट कार्यान्वयन गर्नुपर्ने, बजेटमा उल्लेख विषयले नतिजा ल्यायो कि ल्याएन भनेर ‘अडिट’ गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव दिए । “कार्यतालिका अनुसार काम भएको छैन भने किन भएन भनेर खोज्नुपर्छ”, उनले भने ।

उनले बजेट सङ्घीयताको मर्मअनुसार नआएको, स्रोतलाई सङ्घमा मात्र केन्द्रित गरेको टिप्पणी गरे । महिलालाई सशक्तीकरण नगरेसम्म देशलाई अगाडि बढाउन नसकिने उल्लेख गर्दै उनले महिलाको समग्र विकासका लागि महिला मन्त्रालयले आवाज उठाउनुपर्ने बताए ।

सांसद ऋषिकेश पोखरेलले खेलाडीलाई प्रशिक्षण, खेल पूर्वाधार निर्माण, खेलाडीलाई मर्यादाक्रममा राख्ने हो भने खेलाडीको मनोबल बढ्ने बताए । वन एक, कानुन अनेक हुँदा धेरै खालका समस्या देखिएकाले वनसम्बन्धी एकीकृत कानुन आवश्यक भएको बताए ।

सांसद डा तोसिमा कार्कीले खेलाडीलाई देशमै राख्न सक्ने वातावरण बनाउनुपर्ने, खेल पूर्वाधार निर्माण गर्नुपर्ने, घाइते खेलाडीको उपचार खर्चको प्रबन्ध गर्नुपर्ने, सम्पूर्ण खेलाडीको स्वास्थ्य बीमा गर्नुपर्नेमा जोड दिइन् ।

सांसद रोशन कार्कीले ज्येष्ठ नागरिक, महिलालाई घर परिवारमै बस्न सक्ने व्यवस्था मिलाइनुपर्ने, देशका नाम उच्च राख्ने खेलाडीलाई उचित पारिश्रमिक र खेलाडीलाई पेन्सनको व्यवस्था गर्न माग गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् । खेल आज बिहान साढे ११ बजे

चार राजनीतिक दलबीच आठबुँदे सहमति, राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई

काठमाडौँ । नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो बैंकिङ एप-वेबसाइटबाटै बैंकमा रिर्पोट गर्न मिल्ने…

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबार असफल भएमा बैंकिङ एप–वेबसाइट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ

डिजिटल कर्णाली निर्माणका लागि प्रदेश सरकारको १४ बुँदे प्रतिबद्धता

काठमाडौँ । कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रियस्तरको ‘डिजिटल

तीन जना नयाँ मन्त्रीले लिए शपथ

काठमाडौँ । नयाँ सत्ता गठबन्धन बनेसँगै तीन जना मन्त्रीले शपथ लिए छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन् । उनले माआवादी कहिल्यै पनि उपयोग नहुने

Techie IT