Techie IT
२०८२ असार ६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंसदीय प्रतिनिधि मण्डलको चीन भ्रमण फलदायीः अध्यक्ष तिमिल्सिना

संसदीय प्रतिनिधि मण्डलको चीन भ्रमण फलदायीः अध्यक्ष तिमिल्सिना


कास्की । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हालै भएको नेपाली संसदीय प्रतिनिधिमण्डलको चीन भ्रमण फलदायी भएको जानकारी दिएका छन् । चीनको छेन्दु – तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका उनले पत्रकार सम्मेलनमा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाएको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण हुनु पोखरेली र समग्र नेपालीका लागि खुसी र गर्वको विषय भएको जनाउँदै उनले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गराउनेतर्फ सबै लाग्नुपर्ने आवश्यकता औँल्याए।

चीनको स्वशासित क्षेत्र तिब्बत्मा पाँचौँ पर्यटन सांस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रुपमा आमन्त्रण भई आफूहरू त्यसतर्फ गएको जानकारी दिँदै उनले उक्त क्रममा चीनको उच्च राजनीतिक व्यक्तित्वसँग भेटघाट भएको बताए । सङ्घीय ससंद्का पदाधिकारी र सदस्यसहित दुईजना संसद् सचिवालयका कर्मचारी सहभागी नौ सदस्यीय प्रतिनिधिमण्डल गत जेठ २७ गते रातिको उडानबाट गोन्जाओ हुँदै बेइजिङ पुगिएको उहाँले जानकारी दिए ।

बेइजिङमा महत्वपूर्ण भेटवार्ता गरी त्यहाँबाट साङ्घाई र फर्किएर तिब्बत् आएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।त्यहाँबाट बसाइँमा नेपाल र चीनबीचका दुईपक्षीय सम्बन्धसँगै व्यापारिक, व्यावसायिक र आर्थिक सम्बन्ध विकासका लागि महत्वपूर्ण छलफल गरिएको उनले बताए ।
उनका अनुसार चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष, चिनियाँ जनराजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्ष, साङ्घाइको नगरपालिका सचिव, तिब्बत्को स्वसाशित क्षेत्रको चिनियाँ कम्युनिष्ट पार्टीको सचिवलगायतसँग भेटवार्ता भएको थियो ।

भेटघाटमा दुबै देशमा उत्कृष्ट संसदीय अभ्यासका अनुभव आदानप्रदान, नयाँ प्रविधिको ज्ञान आदिका साथै कोभिडका कारण लामो समयदेखि स्थगित भएका दुई देशका सांसदको भ्रमण, संसद्का कर्मचारीको क्षमता अभिवृद्धिको तालिमलाई आगामी दिनमा अगाडि बढाउने र नियमित गर्ने गरी छलफल भएको उनले बताए ।

नेपाल र चीनबीच व्यापारिक सम्बन्ध धेरै पुरानो र ऐतिहासिक रहेको बताउँदै अध्यक्ष तिमल्सिनाले यस्तो सम्बन्धकाबीच पनि हामी व्यापार घाटामा रहेको बताए ।

व्यापार घाटालाई कम गर्ने सन्दर्भमा नेपालबाट कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन कसरी बढीभन्दा बढी निर्यात गर्न सकिन्छ त्यसबारे छलफल गरिएको उनले बताए । खासगरी अमिलो जातका फलफूलको नेपालले निर्यात गर्न सकिने वातावरण रहेको र राँगाको तथा बङ्गुरको मासु निर्यात गर्न सकिने गरी चीनमा माग प्रसस्त रहेको अध्यक्ष तिमिल्सिनाले बताए ।

तिब्बत्मा सुख्खा पठार रहेका कारण घाँस उत्पादन हुननसक्ने भएकोले घाँसलाई निर्यात गरेर व्यापार घाटालाई कम गरी आर्थिक लाभ हासिल गर्न सकिने सम्बन्धमा पनि छलफल भएको अध्यक्ष तिमिल्सिनाले सो अवसरमा जानकारी दिए । नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थल सबैको आ–आफ्नै महत्व रहेको र यी विमानस्थलमा चीनजानका विभिन्न सहर तथा प्रान्तबाट उडान गराउन आफूहरूले प्रस्ताव गरेको उनले बताए ।

चीनबाट चाटर्ड उडानमार्फत पोखरा विमानस्थल आउनु महत्वपूर्ण सुरुवात भएको उनको भनाइ छ । तिब्बत्बाट पनि सिधा उडान गराउन भनिएको र अहिले तिब्बत्बाट अन्तर्राष्ट्रिय उडान नभएको उल्लेख गर्दै उनले त्यहाँबाट भविष्यमा अन्तर्राष्ट्रिय उडान गराउने सम्बन्धमा पनि छलफल भएको बताए ।

ऊर्जाको कनेक्टिभिटि बढाउनको लागि रातमाटेबाट केरुङ ४०० केभि प्रशारण लाइनलाई निर्माण अघि बढाउने लगायत अरु कनेक्टिभिटका कामलाई अघि बढाउने कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले बताए । “हाल चीनसँगका तीनवटा नाका सञ्चालनमा आएको अवस्थामा अन्य पूर्वदेखि पश्चिमका विभिन्न नाका सञ्चालन गर्ने, कोरला नाकामा पूर्वाधारको काममा सघाउने लगायतका कुरा पनि भएका छन् । तिनलाई क्रमशः अघि लाने कुरा भएको छ ।”, उनले भने ।

गण्डकी प्रदेश र तिब्बत् स्वसाशित क्षेत्र बीचमा भगिनी सम्बन्ध कायम गर्ने, पोखरा महानगर र साङघाई महानगरबीच भगिनीसम्बन्ध कायम गरी दुईपक्षीय सम्बन्ध अघि बढाउने कुरा भएको बताउँदै उनले विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्ने कुरा भएको जानकारी दिए । यसअघि प्रधानमन्त्री र राष्ट्रपति भ्रमणमा भएका कुरालाई कार्यान्वयन गर्दै जाने कुराकानी भएको उल्लेख गर्दै उहाँले भ्रमण अत्यन्त सौहार्दपूर्ण र फलदायी भएको जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार: के नेपालले रणनीतिक सुधार…

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति निर्माणको प्रक्रिया आरम्भ गरिसकेको छ । प्रारम्भिक बहसहरू सुरु

दीपक मनाङेको सांसद पद खारेज

काठमाडाैँ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएको छ । ज्यान मार्ने

मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयो

काठमाडाैँ । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन गरी फरार भनिएका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइएको छ ।

इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौं । परराष्ट्र मन्त्रालयले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न आग्रह गरेको छ । बुधबार मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी

मनसुन शुरु भएसँगै भोजपुरका किसानलाई धान रोपाइँको चटारो

भोजपुर । भोजपुरका किसानलाई अहिले धान रोपाइँको चटारो परेको छ । मनसुनी वर्षा शुरु भएसँगै खेतमा पानी भरिएपछि कृषकहरू बिहानैदेखि

इच्छाअनुसार सन्तान जन्माउन दम्पती अनिच्छुक: संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) को एक प्रतिवेदनले नेपाललगायत विश्वभरका लाखौं दम्पती इच्छाअनुसार सन्तान जन्माउन अनिच्छुक देखिएको जनाएको

Techie IT