Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराष्ट्रिय स्वाधिनताको मुद्दा उठाउँदा एमालेलाई घेराबन्दी गरियोः ईश्वर पोखरेल

राष्ट्रिय स्वाधिनताको मुद्दा उठाउँदा एमालेलाई घेराबन्दी गरियोः ईश्वर पोखरेल


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले एमाले चौतर्फी घेराबन्दीमा रहेको बताएका छन् । एमाले नेतृत्वको सरकारको पालामा चुच्चे नक्सा, राष्ट्रिय स्वधिनता, समृद्धिको मुद्दा उठाए वापत् अहिले एमाले घेराबन्दीमा परेको पोखरेलले बताए ।

धादिङ जिल्लाको प्रथम जिल्ला परिषद्को उद्घाटन गर्दै पोखरेलले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी गरिएको बताए । उनले अहिले एमालेलाई घेराबन्दी गरेपनि २०८४ को निर्वाचनपछि भने एमाले पहिलो शक्ति बन्ने उनको दाबी छ । एमाले देशको पहिलो शक्ति बन्दा मात्र देशको रक्षा हुने उनले बताए ।

एमालेले राष्ट्रिय र समृद्धिको कुरा गर्दा अहिले सबैको तारो बनेको पोखरलेको भनाई छ । उनले एमालेको पालामा भौतिक पूर्वधार निर्माणको कामले ऐतिहाशिकता कायम भएको उनले बताए । “एकै दिनमा १४ सय रणनीतिक महत्वका सडक शिलान्यायस भयो । एकैदिनमा ३९६ वटा अस्पताल निर्माणको काम सुरु भयो । यो एमालेका नेता ओलीले गरेको हो । उहाँसँग देश बनाउने सपना छ ।” उनले भने ।

एमालेसँग भएको यस्तै भिजनका कारण अहिले सबैले एमालेलाई घेराबन्दी गरेको उनलेको आरोप छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताए । उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्साको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए ।

नेपालको संसदले सर्वसम्मत रुपले पारित भएको नेपालको चुच्चे नक्सालाई बुच्चे बनाइएको भन्दै उनले सरकारको निरन्तर आलोचना गर्दै आएका छन् ।

‘हामीले भनेका छौँ, यो चुच्चे नक्सा बनाउनुको अर्थ के हो भने, हाम्रो जमिन खोसियो, अतिक्रमण भयो, छिमेकीले हेप्यो। अब छिमेकीले अतिक्रमण गरेका भूमि फिर्ता लिनुपर्छ भनेर एमालेले भन्यो।’ पोखरेलले भने ।

एमालेले छिमेकीसँग झगडा नगर्ने तर देशको स्वाधिनता र स्वतन्त्रता अलिकति पनि कमजोर हुन नदिने अडान रहेको स्पष्ट पारे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कपिलवस्तुको पकडीमा एभरेस्ट बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडले कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित पकडीमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तौलिहवा शाखा कार्यालयको मातहतमा

अप्रिलमा १ लाख ११ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए

काठमाडाैँ । गएको अप्रिलमा नेपालमा एक लाख ११ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलमा

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउ

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम, १६ हजार ३ सय

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

काठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको

प्रचण्ड–ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र

Techie IT