Techie IT
२०८० जेठ १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ – प्रधानमन्त्री

सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ – प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् ।

नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले आफू कुमाल समुदायसहित नेपालका सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताए ।

“सानो सङ्ख्यामा रहे पनि नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा कुमाल समुदायको महत्वपूर्ण भूमिका छ । यो समुदायको इतिहास, संस्कृति र महत्व धेरै ठूलो छ”, उनले भने ।

प्रधानमन्त्री दाहालले सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै सङ्घर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्दाप्रति सरकार दृढ रहेको बताए ।

प्रधामन्त्री दाहालसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष श्रुति कुमाललगायतको उपस्थिति रहेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिनगर गेट अगाडि स्कुटरले ठक्कर दिँदा एक महिला घाइते

काठमाडौँ । काठमाडौँ शान्तिनगर गेट अगाडि स्कुटरले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् । बिहान ११ बजे भएको दुर्घटनामा

विराटनगरका विद्यालय आज र भोलि बन्द

विराटनगर। विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था दुई दिन बिदा दिने निर्णय गरेको छ। अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका

एमाले सचिवालय बैठक शुक्रबार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका् सचिवालय बैठक शुक्रबारबाट शुरू हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ १९

‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदै

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदै छन्। आजका दुई खेलहरु दशरथ रंगशाला र एक खेल

जीत रानाभाट लण्डन रोयल ग्रीनवीच बरोको डेपुटी मेयरमा निर्वाचित

लण्डन। लण्डनको रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट उपमेयरमा निर्वाचित भएका छन्। नेपालमा कास्की घर भएका रानाभाट सन्

अष्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो भएको दाबी

सिड्नी। अष्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो उड्ने सरीसृपको भएको दाबी गरिएको छ। बुधवार प्रकाशित एक अध्ययन अनुसार

Techie IT