Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकारले भ्रष्टाचार विरोधी अभियान चालेपछि विपक्षीको टाउको दुख्योः सञ्चारमन्त्री शर्मा

सरकारले भ्रष्टाचार विरोधी अभियान चालेपछि विपक्षीको टाउको दुख्योः सञ्चारमन्त्री शर्मा


काठमाडौँ। सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चालेपछि विपक्षी दलको टाउको दुखेको टिप्पणी गरेकी छन्। शुक्रबार प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन्।

सरकारकी प्रवक्ता समेत रहेकी शर्माले भनिन्, ‘प्रधानमन्त्रीले बोलेको बिषयमा संसदमा जवाफ माग्ने होइन। राजीनामा चाहिन्छ भन्नेखालको नियोजित रुपमा माग गरिराख्नुभएको छ। त्यसप्रति सरकार गम्भीर छ प्रधानमन्त्रीले के बोल्नुभएको हो सदनमा स्पष्ट पार्नुहोस् भनेको भए सहज हुन्थ्यो विपक्षीले राजीनामा माग्दैन प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने कहि पनि प्रचलन छैन।’

उनले प्रधानमन्त्रीले आज आफ्नो कुरा राखेर अघि बढ्ने बताइन्। उनले भनिन्, ‘उहाँले आफ्नो कुरा राखेपछि हामी अगाडि बढ्छौं। सरकार गठन भएदेखि नै सुशासन र अन्यायमा परेका मान्छेहरुको पक्षमा र भ्रष्टाचारको विरुद्धमा दृढतापूर्वक उभिएको छ। पछिल्लो समय सरकारले चालेको कदमले कतिपयको टाउनको दुखाइको बिषय बनेको हामीले बुझेका छौं।’

प्रतिपक्ष दलको अवरोधले मिटरब्याजको सम्बन्धी अध्यादेश निष्क्रिय भएको उल्लेख गर्दै पीडितलाई न्याय दिएर छाड्ने बताइन्। उनले आज प्रतिस्थापन विधेयक दर्ता गरेरै छाड्ने सुनाइन्। तर, एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा नआएसम्म सदन अघि नबढ्ने अडानमा छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति

काठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

शेयर बजार खासै घटबढ भएन

काठमाडौँ । शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

जीवनमा जबसम्म राम्रा कुराहरू लागू गरिँदैन तबसम्म सफलता मिल्दैन

एजेन्सी । राम्रो कुरा पढेर–सुनेर मात्रै लाभ मिल्दैन । यदि तपाईं जीवनमा सुख, शान्ति र सफलता चाहनुहुन्छ भने, जीवनमा राम्रो

सुहाङले अग्रता फराकिलो बनाउँदै लगे

काठमाडौँ । इलाम– २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार सुहाङले

Techie IT